समानता श्रेष्ठको हत्यारालाई भर्जिनियाको अदालतले ८५ बर्षको संजाय सुनायो

१९ जेष्ठ २०७२, मंगलवार ०७:२७ मा प्रकाशित

बिजय थापा, भर्जिनिया, १९ जेष्ठ । नेपाली मूलकी बिद्यार्थी समानता श्रेष्ठको हत्यारालाई भर्जिनियाको स्थानिय अदालतले ८५ बर्षको संजाय फैसला सुनाएको छ । सोमबार जुन १ तारिखमा भएको सुनुवाईमा मुख्य हत्याराको अभियोगमा पक्राउ परि मोन्टगेमरी काउन्टी कारागारमा राखिएकी भर्जिनिया टेक्निकलका २२ बर्षिय बिद्यार्थी जेसिका मिशेल विङ्गलाई हत्याको अभियोगमा ८० बर्ष र प्रमाणहरुलाई लुकाउन प्रयास गरेकोमा थप ५ बर्ष गरि ८५ बर्ष संजाय  तोकेको हो ।

भर्जिनिया मोन्टगेमरी काउन्टी सर्किट अदालतमा आज बिहान ९ बजे देखि साँझ ५ बजे सम्म चलेको सुनुवाईमा वादी र प्रतिवादीका वकिलहरुले लामो समय सम्म बहस गरेका थिए । गत बर्ष नेपाली मूलकी बिद्यार्थी समानता श्रेष्ठको हत्या लगत्तै हत्याको अभियोगमा भर्जिनिया टेक्निकलका दुई बिद्यार्थीलाई स्थानिय प्रहरीले नियन्त्रणमा लिएको थियो ।

हत्याका अभियुक्त भर्जिनिया टेक्निकलका बिद्यार्थी भएको र उनीहरु भर्जिनियास्थित ब्लाक्सबर्गका स्थानिय बासिन्दा भएको प्रहरीले पनि प्रहरीले जनाएको थियो । अमेरिकामा निकै चर्चित भर्जिनिया टेक्निकल विश्व विद्यालयमा नेपाली बिद्यार्थीहरु अध्ययन गर्दै आएका छन् ।

मुख्य अभियुक्त जेसिका मिशेल विङ्ग उक्त विश्व विद्यालयमा अध्यनरत रहेको प्रहरीले जानकारी गराएको थियो भने समानता श्रेष्ठले उत्तरी भर्जिनियाको जेम्श मेडिशन माध्यमिक बिद्यालयबाट उच्च माध्यमिक शिक्षा तहको अध्यन पुरा गरेको थिइन्  ।

उक्त सुनुवाईमा डिसी महानगर क्षेत्रका विभिन्न संघ तथा संस्थाका प्रतिनिधि ,पत्रकार ,समाजसेवी तथा नेपाली समुदायको बिहान देखि नै घुईचो लागेको थियो । घचाखच भिड भएकोले मानिसहरु बाहिर पनि बस्नु परेको जानकारी अमेरिका नेपाल महिला संघकि पूर्व अध्यक्ष तथा महिला सामाजिक कार्यकर्ता बिष्णु कुमारी थापाले जानकारी गराईन ।

वादी र प्रतिवादीका वकिलहरूले लामो समय सम्म बहस गरेको जानकारी गराउदै यस्तो प्रभावकारी बहस आफुले जीवनमा पहिलो पटक अमेरिकामा देखेको थापाले बताईन । न्यायाधिसले मुख्य अभियुक्त हत्यारा जेसिका मिशेल विङ्गले ४५ बर्ष सम्म सजाय काटे पछि उसका आचरण ,ब्यबहार ,अनुशासन राम्रो ठहर भएमा मात्र उनले अदालतमा अपिल गर्न पाउने भनि मोन्टगेमरी काउन्टी सर्किट  अदालतका न्यायाधिसले फैशला समेत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से

न्यूयोर्क । रुसी विपक्षी नेता अलेक्सी नाभाल्नी विष प्रकरणमा अमेरिकाले रुसका शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले रुसका शीर्ष

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।