जस्तापाता अनुगमनमा वाणिज्य विभाग सक्रिय

१९ जेष्ठ २०७२, मंगलवार ००:०२ मा प्रकाशित

काठमाडौँ, १८ जेठ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले भूकम्प प्रभावित क्षेत्रमा पठाइने जस्तापताको कालोबाजरी रोक्न अनुगमन थालेको छ ।

भूकम्पप्रभावित १४ जिल्लाका करिब पाँच हजार परिवारलाई रु १५ हजारका दरले सहयोग स्वरुप जस्तापाता उपलब्ध गराउने सरकारले निर्णय गरेपछि बजार अनुगमन बढाएको हो । वर्षायाम सुरुहुनु अघि घरबारबिहीनलाई अस्थायी बसोबासको व्यवस्था गर्न सरकारले जस्तापाता उपलब्ध गराउने निर्णय गरेको थियो ।

विभागले जस्तापाता भण्डारण रोक्न र प्रचलित बजार मूल्यभन्दा बढीमा बिक्री गर्नेविरुद्ध कडा कारबाही गर्ने जनाएको छ । अनुगमनलाई प्रभावकारी बनाउन पाँच समूह बनाएर आजैदेखि काम सुरु गरिएको विभागका महानिर्देशक शम्भु कोइरालाले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकामा विभागबाट खटिएको टोलीले अनुगमन गर्ने छ भने नुवाकोट, धादि, गोरखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली र रामेछापमा पनि अनुगमन थालेको छ । अनुगमन टोली केही दिन काठमाडौँ उपत्यकामा परिचालन भएको र ऐनको वर्खिलाप गरेका एकजना व्यापारीलाई पक्राउ गरी कारबाही अगाडि बढाएको छ ।

जस्तापाताको अनुगमन माग र वास्तविक मागबीचमा ठूलो अन्तर भएकाले आन्तरिक उत्पादन नै पर्याप्त हुने महानिर्देशक कोइरालाको अनुमान छ । तत्काल जस्तापाता आयात गर्नुपर्ने अवस्था नरहेको पनि उहाँले स्पष्ट पार्नुभयो । भूकम्पप्रभावितले वर्षायाम अगाडि नै जस्तापाता पाउने जानकारी पनि उहाँले दिनुभयो ।

भूकम्पपछि काठमाडौँ उपत्यका छोड्ने क्रम बढेको, राजमार्ग तथा विमानस्थलमा समस्या नभएको र खाद्यान्न मौज्दात पर्याप्त रहेकाले त्यसको अभाव नभएकोे जानकारी उहाँले दिनुभयो । महानिर्देशक कोइरालाले आगामी दिनमा पुनःनिर्माणका लागि आवश्यक पर्ने बालुवा, गिट्टी र सिमेन्टको अत्यधिक माग हुने भएकाले ती सामग्रीको पनि अनुगमन गरिने स्पष्ट पार्नुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारको स्वामित्वमा सञ्चालित हेटौडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित घ्यू जापानमा निर्यात हुन थालेपछि माग समेत बढेको छ । आयोजनाका प्रमुख

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार

काठमाडौं । आफूलाई घरखर्च चलाउन वा कुनै व्यावसायिक काम गर्नका लागि तपाईंले बैंक तथा वित्तीय संस्थामा धाएर नै जानुपर्ने बाध्यताको

काठमाडौं । कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा विदेशी वस्तुको आयातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार