हल्याण्डको पार्टी अत्याधिक बहुमतमा

४ असार २०६९, सोमबार ०९:०१ मा प्रकाशित

काठमाडौ, ४ असार । फ्रान्सका राष्ट्रपति फ्राँस्वा हल्याण्डको समाजवादी पार्टीले फ्रान्समा भएको प्रतिनिधी सभाको चुनावमा स्पष्ट बहुमत ल्याएको छ । चुनावको अन्तिम परिणाम घोषणा हुन बाँकी रहे पनि समाजवादी पार्टीले ५ सय ७७ सिटमध्ये ३ सय १५ सिटमा जित हासिल गरिसकेको बीबीसीले जनाएको छ । पूर्व राष्ट्रपति निकोलस सार्कोजिको पार्टीले जम्मा २ सय १४ सिट प्राप्त गर्ने देखिएको छ । व्यवस्थापिकामा स्पष्ट बहुमत भएसँगै हल्याण्डको सरकार थप मजबुत भएको छ भने करसम्बन्धि कार्यक्रम लागु गराउन सहज पनि भएको टिप्पणी गर्न थालिएको छ । यो परिणामले समाजवादी पार्टीलाई सत्ता संचालनका लागि अब ग्रिन पार्टीको भर परिरहन नपर्ने भएको छ । दुई चरणमा भएको फ्रान्सेली निर्वाचनमा हल्याण्डको पार्टीले बहुमत हासिल गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

इस्तानबुल । टर्कीको दक्षिणपूर्वी क्षेत्रमा बस र एम्बुलेन्स एकआपसमा ठोक्किँदा १५ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य २२

बग्दाद, एएफपी । इराकको राजधानी बग्दादमा आन्दोलनरत धर्मगुरु मुक्तदा अल–सदरका समर्थकहरूले उच्च सुरक्षा घेरा तोडेर संसद् भवन प्रवेश गरेका छन्

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार

काठमाडौं । तिब्बतका धर्म गुरु दलाई लामालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जन्मदिनको शुभकामना दिएपछि भारतसँग चीन सशङ्कित भएको छ ।