पत्रकार बोहरामाथि भएको कुटपिटप्रति महासङ्घको आपत्ति

१८ जेष्ठ २०७२, सोमबार २३:५६ मा प्रकाशित

काठमाडौँ, १८ जेठ । हिजो नुवाकोटमा भएको जस्तापाता प्रकरणका बारेमा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कारोबार दैनिकमा कार्यरत शिव बोहरामाथि भएको साङ्घातिक हमलाप्रति नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ ।

नेपाली काङ्ग्रेस नुवाकोट कार्यसमितिका सचिव रमेश महतले नुवाकोटका भूकम्पपीडितलाई वितरण गर्ने जस्तापातामा अनियमितता गरेको समाचार आएपछि त्यसबारे प्रष्ट्याउन आयोजित पत्रकार सम्मेलनमा प्रश्न राख्दा नेपाल पत्रकार महासङ्घ कारोबार प्रतिष्ठान शाखाका सदस्य पत्रकार बोहरामाथि हिजो साङ्घातिक हमला गरेको महासङ्घले जनाएको छ ।

महासङ्घका महासचिव उजिर महगरले आज जारी गरेको विज्ञप्तिमा नागरिकलाई सुसूचित गराउने दायित्व निर्वाहमा जुटेका पत्रकारमाथि भएको यो घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भनिएको छ ।

विज्ञप्तिमा विनाशकारी भूकम्पबाट सिर्जित महाविपत्तिमा विचलित नभई सही र सत्य सूचना प्रवाह गरिरहेका सञ्चारकर्मीमाथि भएको हस्तक्षेपले सरकारको प्रेसलाई हेर्ने दृष्टिकोणमा गम्भीर प्रश्न खडा गरेको उल्लेख गरिएको छ ।

महासङ्घले पत्रकार बोहरामाथि भएको हमलाको भत्र्सना गर्दै घटनाको छानबिन गरी दोषीमाथि तत्काल कारबाही गर्न र संविधानले प्रत्याभूत गरेको पत्रकारको अधिकारको सम्मान गर्र्न सरकारसँग जोडदार माग गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाइदै छ

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी