सविधान निर्माण पछि मात्रै राष्ट्रिय सरकार: चारदलका शिर्ष नेता

१८ जेष्ठ २०७२, सोमबार २३:५३ मा प्रकाशित

काठमाडौं, १८ जेठ । संविधानसभामा प्रतिनिधित्व गर्ने प्रमुख तीन दल र मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठकले एक महिनाभित्रै संविधान जारी गर्ने र त्यसपछि राष्ट्रिय सरकार गठन गर्ने निष्कर्ष निकालेको छ ।
बैठकले संविधान जारीपछि गठन हुने राष्ट्रिय सरकारले भूकम्पको क्षतिको पुनःनिर्माण र नवनिर्माणका माध्यमबाट जनतालाई सेवा दिने विषयमा शीर्ष नेताहरु दृढता प्रस्तुत गरेका छन् ।
काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष के.पी. ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र संयुक्त मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदार सहभागी हुन बैठकले सो निष्कर्ष निकालेको हो ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै मोर्चाका संयोजक गच्छदारले भने, ‘एक महिनाभित्रै संविधान जारी गर्ने, त्यसपछि राष्ट्रिय सहमतिको सरकार गठन गरेर पुनःनिर्माण र नवनिर्माणका माध्यमबाट जनतामा विद्यमान नैराश्यता र दुःखकष्ट हटाउने प्रयत्न गर्नेछौँ ।’
बैठकमा राजनीतिक समस्या समाधान भएपछि मात्र राजनीतिक एकता हुने निष्कर्ष निकाल्दै सहमतिमा संविधान जारी गर्ने र राष्ट्रिय सरकारबाट भूकम्पबाट भएको विनाशको पुनःनिर्माणमा जुट्ने अठोट पनि बैठकले व्यक्त गरेको छ ।
संयोजक गच्छदारले भने, ‘गफका लागि गफ गर्ने नभई काम गर्ने किसिमले नेतृत्वपङ्क्ति अग्रसर हुनेमा बैठकमा मतभेद रहेन, मुलुकसामु उत्पन्न चुनौती सामना गर्न र त्यस्ता चुनौतीबाट देशलाई पार लगाउँदै अघि बढ्न पहिले राजनीतिक समस्या समाधान हुनुपर्छ ।’
लामो समयदेखि थाँती रहेको राजनीतिक संकट समाधान गर्न सहमतिमा संविधान बनाएर घोषणा गर्नुपर्नेमा जोड दिँदै संयोजक गच्छदारले राजनीतिक समस्या समाधान भएपछि मात्र राजनीतिक एकता कायम हुने बताए ।
संयोजक गच्छारले भने, भूकम्पबाट सिर्जित जटिल परिस्थितिको सामना गर्न सबै पक्ष एकजुट हुनु आवश्यक छ, राष्ट्रिय सहमतिको सरकार गठन गरेर कम्तीमा पनि तीन÷चार वर्ष नयाँ नेपाल निर्माणको अभियानमा एकजुट भएर काम गर्ने प्रतिबद्धता बैठकमा जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर भएपछिको परिस्थितिबारे नेकपाको दाहाल-नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल शुरु गरेको छ ।

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ । सो समूहको