सि.के. राउत प्रवृत्ति र प्रभृत्ति !! :: बाबुलाल भण्डारी

१८ जेष्ठ २०७२, सोमबार ११:१६ मा प्रकाशित

केही समय देखि सि.के. राउतको नामबाट नेपालको राष्ट्रियता सम्बन्धमा अत्यन्त आपत्तिजनक टिप्पणीहरु सार्वजनिक हुन थालेका छन् । उनको भनाइलाई लिएर स्वाभाबिक रुपले मिडियामा तिब्रतर (पलेमिक) प्रतिकृया आउने गरेका छन् । उनका विचारलाई जायज ठहर्‍याउने र अर्कोतर्फ वचकाना ठानेर उपेक्षा वा नजरन्दाज गर्ने यि दुबै प्रबृत्ति मूलुकको बृहत्तर हित र राष्ट्रिय एकता तथा सामाजिक सद्भाबको निम्ती निकै महङ्गो साबित हुन सक्तछन् । तर सरकार उनको गिरफ्तारी र रिहाईको उपक्रमबाट सबैको तुष्टीकरण खोजिरहेको छ । हाम्रो बिगतमा कर्णाली क्षेत्र, मधेश र विशेषगरी दलित समुदायको सन्तुलित र समानुपातिक उत्थान र प्रगति हुन नसकेको कुरा एउटा यथार्थ हो र एकहद सम्म गुनासा न्यायोचित नै छन् । त्यसैले ०६२÷०६३ को परिवर्तन पछि पिछडिएको क्षेत्र, जाती, वर्ग र समुदायलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा राज्य संरचनामा सहभागी गराउन आरक्षण लगायतका अग्राधिकारका कानूनी र संबैधानीक व्यवस्थाहरु अख्तियार हुंदै आएका छन् भने स्वशासनका निम्ति संघियताको रुपरेखा कोरिंदैछ । लोकतन्त्रमा सामान्यतः हरेक नागरिकलाई अभिब्यक्तिको स्वतन्त्रताको प्रत्याभूती रहन्छ पनि । तर यसो भन्दैमा मुलुकको सार्वभौमिकता, एकता र अखण्डतामा खलल हुने गरी सद्भाब भड्काउने उत्तेजक र अराजक विचार सार्वजनिक गर्ने छुट संसारको कुनै पनि प्रजातान्त्रिक मुलुकले दिएको थाह छैन । भोली भएछ भने अर्कै कुरा । संगसंगै राज्यद्रोहका कुनैपनि स्वरुपका चेष्टामाथि मुनासिब प्रतिवन्ध लगायतका जो चाहिने कदम लिन अन्तरिम संविधानले नै मार्ग प्रसस्त पनि गरेकै छ । तर, न सि.के. राउत प्रभृत्ती सच्चिएका छन् न सरकारले नै यसलाई गंभिर ठानेको अनूभुती दिलाएको छ ।
राष्ट्रियता प्रति राउतको विषवमनले हिटलरको एउटा चर्चित नीतिलाई सम्झाउंछ । उ भन्थ्यो –कुनै विचारलाई संगठित गर्नु पर्‍यो भने अर्को विचार प्रति तिव्र घृणा पैदा गरि दिनुहोस् । अहिले राउतको अभिष्ट पनि यहि देखिन्छ । हाम्रा उत्पिडित तर राष्ट्रप्रेमी मधेशवासी प्रियजनहरुको सम्बेदना भड्काउन र उद्वेलित गर्नमा यस्ता अभिब्यक्ति क्याटलिष्ट हुन समय लाग्नेछैन । हिटलरले जर्मन जेन्टाइललाई आर्यजाती भन्दै यसको सर्वोच्चताको आवरणमा यहुदीहरु बिरुद्ध यतिविधी घृणा र भ्रम छर्‍यो कि यहुदी विरोधी र भर्साइलीको सन्धिबाट आहत जर्मन राष्ट्रवादी सबै उसकै झण्डा मुनी स्वतः लामबद्ध भए । परिणामतः उ सत्तामा पुग्यो र द्वितीय विश्वयुद्धको आयोजना गर्‍यो । एउटा ब्यक्तिको उन्मादले ६० लाख यहुदी कत्लेआम भए र युद्धबाट प्रत्यक्ष ५ करोड र युद्धका पारिस्थितिक प्रभाब समेत गर्दा घटीमा ८ करोड (८०० लाख) मानिसले अमुल्य जिन्दगी गुमाए । हिटलर भन्ने गथ्र्यो –तपाइले जति सुकै झुट बोल्नोस्, यसलाई पटक पटक जोडदार ढङ्गले दोहोर्‍याई रहनु भयो भने एकदिन यस्तो भईदिन्छ कि धेरैले यसलाई विश्वास गर्ने छन् । राउतको बयान पनि हिटलरको रेसिष्ट डक्ट्रिन भन्दा तात्विक रुपले फरक छैन । उनलाई एउटा ब्यक्तिको रुपमा लिई प्रबृत्तिका रुपमा बुझ्न सकिएन भने निश्चित रुपले भूल हुन सक्तछ र यस्तो प्रबृतिको समयमै अत्यन्त प्रजातान्त्रिक र सन्तुलित दृष्टिबाट निरोधात्मक र उपचारात्मक समाधान खोजिनुपर्छ । तर एउटा ब्यक्तिका पटक पटकका यस्ता दूस्साहस वा धृस्टता सामान्यतः एक्लो ब्यक्तिको बुता बाहिरको हुने भएकोले ऊ कुनै बिग्रहबादी शक्तिको पुट पाएको रणनितिक मोहरा हुन सक्ने संभावना तर्फ हाम्रा आदरणीय र लोकप्रिय मधेसी जनप्रतिनिधी र नेतृत्व समूंह समेत बेलैमा स्पष्ट र सचेत हुन आवश्यक छ । कम्तिमा नेपालकै धर्तीपूत्रहरु सँग चांहि यति अपेक्षा त गर्न सकिएला नि !

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विगत् १० महिनादेखि श्रीलंका कारागारमा रहेका २६ नेपाली महिला तत्काल छुट्ने सम्भावना नरहेको श्रीलंकास्थित नेपाली दूतावासले जनाएको छ

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर भएपछिको परिस्थितिबारे नेकपाको दाहाल-नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल शुरु गरेको छ ।

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक