नेविसङ्घका स्वयंसेवक महाभूकम्प पिडितको घर र विद्यालय भवन निर्माणका लागि गाउँगाउँमा

१८ जेष्ठ २०७२, सोमबार १०:३८ मा प्रकाशित

काठमाडौँ, १८ जेठ । नेपाल विद्यार्थी सङ्घका कार्यकर्ता विद्यालय भवन निर्माणका लागि अहिले काठमाडौँका गाउँतर्फ केन्द्रित भएका छन् । काठमाडौँका नयाँ घोषणा गरिएका नगरहरुमा नेविसङ्घका सयौँ कार्यकर्ता परिचालन भएको नेविसङ्घका प्रवक्ता युपी लामिछानेले जानकारी दिएका छन् ।

लामिछानेका अनुसार चन्द्रागिरि, तारकेश्वर, शङ्खरापुर, टोखालगायत नगरपालिकामा कार्यकर्ता परिचालित भएका छन् । विद्यार्थीलाई अध्ययनको वातावरण बनोस् भन्ने उद्देश्यले विद्यालय भवन बनाउन केन्द्रित भएको लामिछानेको भनाइ छ । उनीहरुले अहिलेसम्म काठमाडौँमा मात्रै २० ओटाभन्दा बढी विद्यालयका लागि टहरा बनाइ सकेका छन् ।

नेविसङ्घका अध्यक्ष तथा सभासद् रञ्जित कर्णसहित केन्द्रीय पदाधिकारी नै निर्माण कार्यमा खटिएका छन् । उनीहरुले स्थानीय स्रोतसाधनको उपयोग गरेर विद्यालयका लागि अस्थायी टहरा बनाइरहेका छन् । नेविसङ्घका कार्यकर्ता नै आफ्नो गाउँमा विद्यालयको टहरा निर्माणका लागि आएपछि गाउँलेले हर्ष प्रकट गरेका छन् । टहरा निर्माण अभियान आवश्यकताअनुसार अझै केही दिन जारी रहने लामिछानेले बताए । नेविसङ्घले काठमाडौँ वाहेक भूकम्पबाट अतिप्रभावित अन्य जिल्लामा पनि कार्यकर्ता परिचालन गरिएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर भएपछिको परिस्थितिबारे नेकपाको दाहाल-नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल शुरु गरेको छ ।

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ । सो समूहको