माओवादी वैद्य समूहको भेलामा आज पनि छलफल

४ असार २०६९, सोमबार ०८:५८ मा प्रकाशित


काठमाडौ, ४ असार । एकीकृत नेकपा माओवादी उपाध्यक्ष मोहन वैद्य समूहको जारी राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत गरिएका प्रतिवदेनहरुको बारेमा आज पनि समूहगत रुपमा छलफल हुने भएको छ । तेस्रो दिन पनि जारी रहने भेलामा राजनीतिक, साङ्गठनिक लगायत अन्य प्रतिवेदनको बारेमा छलफल हुने माओवादी पोलिटब्यूरो सदस्य खड्गबहादुर विकले जानकारी दिनुभयो । प्रतिवदेनहरुको बारेमा जारी छलफल सकिएपछि बिचारसमूहको निर्णयको बारेमा पत्रकार सम्मेलन गरेर जानकारी दिने पनि उहाँले बताउनुभयो । हिजोको भेलामा उपाध्यक्ष मोहन वैद्यले राजनीतिक प्रतिवेदन पेसगर्दै नेकपा (क्रान्तिकारी माओवादी) नाममा नयाँ छुुट्टै पार्टी घोषणा गर्ने प्रस्ताव गर्नु भएको थियो । यो प्रस्ताव पारित भएमा एकीकृत माओवादी पार्टी विभाजन हुने छ । आजसम्ममा संस्थापन पक्षसँग कुनै सहमति नभए वैद्य पक्षले छुट्ट्रै पार्टी घोषणा गरेर अगाडि बढ्ने तयारी गरिरहेको बुझिएको छ । बौद्धस्थित शेर्पा सेवा समाजको सभाकक्षमा वेद्य समूहको कार्यकर्ता भेला आज पनि जारी रहनेछ । आजनै भेला टुङ्ग्याउने तयारी भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । मुलुकमा अक्सिजन अभाव