भूकम्पबाट अझै २ सय ६५ बेपत्ता, मृत्तकमध्ये २५ जनाको पहिचान खुलेन

१७ जेष्ठ २०७२, आईतवार २२:०९ मा प्रकाशित

काठमाडौँ, १७ जेठ । बैशाख १२ गते गएको भूकम्प र त्यसका पराकम्पका कारण मृत्यु भएका मध्ये २५ जनाका परिवारहरु सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब महानिरीक्षक बमबहादुर भण्डारीका अनुसार २५ जनाको शबहरु पहिचान हुन नसकेको र त्यसमध्ये १७ शव पहिचान खुल्ने अवस्थामा रहेको तथा आठ शव क्षतविक्षत अवस्थामा रहेको बताए ।

सनाखत हुन बाँकी तर पहिचान खुल्ने अवस्थामा रहेका १७ शवमध्ये १३ पुरुष, एक विदेशीसहित तीन महिला र एक बालिका छन्। सनाखत हुन नसकेको शवमध्ये काठमाडौँको १५, रसुवा लाङटाङको सात, दोलखाका दुई र भक्तपुरका एक छन्। आज मात्रै रसुवाका एक व्यक्तिको शव पहिचान गरी आफन्तले बुझेका छन्।

तस्बिर, औँठा छाप, डिएनएलगायत अभिलेखीकरण सम्पन्न गरी शवलाई त्रिवि शिक्षण अस्पतालको शव गृहमा राखिएको छ।

भूकम्पपछि आफन्त हराएका परिवारलाई शिक्षण अस्पतालमा आएर आफ्नो परिवारको सदस्यको शव हो होइन भनी पहिचान गर्न प्रहरीले सार्वजनिक रुपमै अपिल गरिसकेको छ।

भूकम्पमा परी हालसम्म १९५ नेपाली र ८० जना विदेशी नागरिक बेपत्ता भएको निवेदनका अनुसार खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी हुँदा ३५ भन्दा बढी घर जलेका छन् । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ तथा