नुवोकाट जस्ता प्रकरण: अर्थमन्त्री महतको पनि राजीनामा माग

१७ जेष्ठ २०७२, आईतवार २२:०७ मा प्रकाशित

नुवोकाट, १७ जेठ । अर्थमन्त्री डा.रामशरण महतका पिए रमेश महतले विद्यालयलाई वितरण गर्न भनेर लैजान लागिएका जस्तापाता बेच्न लागेको प्रकरणका बिषयमा जिल्ला दैवी प्रकोप उद्धार समिति, नुवाकोटले त्यसबारेमा निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्ने निर्णय गरेको छ ।

राहतका लागि भनेर नेपाल इन्भेष्टमेन्टले दिएका जस्तापाता अर्थमन्त्री महतका पीए एवं कांग्रेस जिल्ला सचिव रमेश महतले बिक्री गर्न खोजेको कुरा पुष्टि हुने पर्याप्त प्रमाणहरु फेला परेपछि उद्धार समितीले यस्तो निर्णय गरेको हो ।

त्यस घटना लगत्तै आफुलाई जर्बजस्ती मुछ्न खोजिएको भन्दै उनले सो आरोपलाई अस्वीकार गर्दै आइरहेका बेला आज आफैले आयोजना गरेको पत्रकार सम्मेलनमा त्यससम्बन्धि प्रश्न सोध्ने पत्रकारलाई नै कुटेपछि उनी दोषी नै भएको धेरैको अनुमान सही साबित भएको छ ।

यस्तै आइतबार बसेको उद्धार समितिको बैठकका सहभागी दलका नेताहरुले दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । उनीहरुले नैतिकताका आधारमा अर्थमन्त्री महतले समेत राजीनामा दिनुपर्ने धारणा राखेका छन् ।

बैठकमा उपस्थित कांग्रेस जिल्ला सचिव लक्ष्मण श्रेष्ठले यो प्रकरणमा पार्टी नभई व्यक्तिसँग जोडिएको भन्दै छानविनमा सहयोग गर्ने बताएका छन् । बैठकमा परराष्ट्रमन्त्री महेन्द्र पाण्डेसमेत उपस्थित थिए । एमाले नेता समेत रहेका पाण्डेले मन्त्री हुँदैमा कसैले पनि राहतको जस्ता लगेर घर बनाउन र बेच्न नपाइने भन्दै नडराई छानविन गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राउत क्षत्री सेवा समाज नेपालको १३औं बार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले इञ्जिनियर भगवानबहादुर राउतलाई पुनः अध्यक्षमा चयन गरेको

काठमाडौँ । ललितपुरको पाटन दरबार क्षेत्रबाट हराएको लक्ष्मीनारायणको मूर्ति अमेरिका सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । एकतीस वर्षदेखि टेक्सस राज्यको

काठमाडौं । नेकपा ओली समूहको संसदीय दलको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकमा प्रधानमन्त्री तथा ओली

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाको सातौँ अधिवेशन भोलि आइतबारदेखि शुरु हुँदैछ ।