गाडी दुर्घटनामा तीनको मृत्यु

१७ जेष्ठ २०७२, आईतवार ११:११ मा प्रकाशित

रौतहट, १७ जेठ । गौर–चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत वीरेन्द्र राजमार्गमा गए राति विपरीत दिशाबाट आएको एम्बुलेन्स र ट्रक ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ ।

वीरगन्जबाट नवजात शिशुसहित सुत्केरीलाई उनको घर सुखअवा धमौरा गाविस– ९ मा लाने क्रममा चन्द्रपुर नगरपालिका–१३ स्थित राजमार्गमा एम्बुलेन्स र गौरबाट चन्द्रनिगाहपुर आउँदै गरेको ना२ख ९८९८ नंको ट्रक जुध्दा एम्बुलेन्स चालक तथा सुत्केरी र शिशुको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

एम्बुलेन्स चालक चन्द्रपुर नगरपालिका बस्ने सुरेश विश्वकर्माको घटनास्थलमा नै तथा उपचारका क्रममासुत्केरी हमिबुल खातुन र शिशुको मृत्यु भएको हो । घाइते समुद्र विश्वकर्मा र रोक्सना खातुनको वीरगन्जमा उपचार भइरहेको छ भने ट्रक चालक फरार भएका छन् । घटनाका सम्बन्धमा थप अनुसन्धान तथा चाकलको खोजी भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

टीकापुर । सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो