प्रहरी दमन विरुद्ध नेवि सङ्घको विरोध कार्यक्रम

४ असार २०६९, सोमबार ०८:५३ मा प्रकाशित

काठमाडौ, ४ असार । सरकारको विरोधमा निकालिएको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेकोभन्दै काङ्ग्रेस निकटको नेपाल विद्यार्थी सङ्घले आज देशभरमा एक घण्टा चक्काजाम गरेको छ ।  हिजो साँझ राजधानीमा निकालिएको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गर्दा करिब ४० जना विद्यार्थी घाइते भएको नेवि सङ्घले जनाएको छ । राष्ट्रिय सहमतिका लागि दबाब दिन वाल्मिकी क्याम्पसबाट निकाल्न लागिएको मसाल जुलुस विश्वभाषा क्याम्पस र नेपाल पुलिस क्लबको गेटमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।  सङ्घले आज बिहान ९ बजेदेखि १० बजेसम्म देशैभर चक्काजाम गरेका तथा सरकारी क्याम्पस अगाडि दिनभरि नै सरकारी गाडी गुड्न नदिने र अपरान्ह २ बजे एयरपोर्ट घेराऊ गर्ने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले

पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका–७ खानीगाउँका शङ्कर गैरेले अमेरिकाबाट विद्यावारिधि गर्नुभएको छ । अमेरिकाको टेक्सस राज्यस्थित ए एण्ड एम विश्वविद्यालयबाट डिपार्टमेण्ड

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई