आजदेखि विद्यालय सञ्चालनमा

१७ जेष्ठ २०७२, आईतवार ११:१० मा प्रकाशित

काठमाडौँ, १७ जेठ । भूकम्पका कारण बिदा रहेका विद्यालयहरु आजदेखि सञ्चलनमा आएका छन् । गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’ र वैशाख १३ र २९ गतेको शक्तिशाली परकम्पका कारण झन्डै एक महिना विद्यालय बन्द भएका थिए । शिक्षा मन्त्रालयको निर्णयानुसार आजदेखि अधिकांश विद्यालय खुले पनि भवन क्षति भएका केही विद्यालयमा अझै केही दिनपछि पढाइ हुनेछ । पढाइअघि मनोसामाजिक परामर्श दिने नीति सरकारको छ ।

काठमाडौँ उपत्यकालगायत सामुदायिक निजी विद्यलायका भवनको प्राविधिक परीक्षण गरेर ध्वस्त तथा क्षतिग्रस्त भवनको विकल्पमा टहरा निर्माण गरी अभिभावकको अवलोकनपछि विद्यार्थीलाई विद्यालय पठाउन थालिएको छ । सीमित टहराका कारण कतिपय निजी विद्यलायमा बिहान र दिवा गरी दुई सत्रमा विद्यालय सञ्चालन हुँदैछ । विद्यालय सञ्चालनसँगै जनजीवन सामान्यीकरण हुन थाल्ने अपेक्षा गरिएको छ ।

शिक्षा विभागका निर्देशक खगेन्द्र नेपालले सम्बन्धित जिल्ला शिक्षा कार्यालयको संयोजनमा विद्यालय खुल्ने बताउनुभयो । कक्षा सञ्चालनको तयारीका लागि सूचना जारी गरिएको बताइएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन