सिकागोको एशियन अमेरिकन समुदायका तर्फबाट भूकम्प पिडितहरुको सहयोगार्थ एक करोड रुपियाँ प्रदान

१७ जेष्ठ २०७२, आईतवार १०:०२ मा प्रकाशित

पुरुषोत्तम ढकाल, लस एन्जलस, १७ जेठ । सिकागोको एशियन अमेरिकन समुदाय प्रलयकारी भूकम्पले ध्वस्त बनेको सामाजिक संरचना पुनर्निर्माण अन्तर्गत नेपाल सरकारलाई सघाउने अभियानमा जुटेको छ । शनिबार सिकागोको इलियन्समा आयोजित एक कार्यक्रममा १२ एशियन राष्ट्रका अगुवा समाजसेवीहरुको उपस्थितिमा नेपालको सामाजिक संरचना पुनर्निर्माणमा नेपाल सरकारलाई सघाउने अभियान अन्तर्गत नेपाली एक करोड रुपियाँको राशिको भिन्दा भिन्दै चेक अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कार्कीलाई हस्तान्तरण गरिएको हो । समारोहमा एशियन समुदायका तर्फबाट कोरियन अमेरिकनहरुले स्थानिय अगुवा समाजसेवी बाला घिमिरेलाई २७ हजार ५ सय अमेरिकी डलर हस्तान्तरण गरिएको चेक घिमिरेले राजदुत कार्की मार्फत नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेका थिए ।

Nepal support Chicagoसमारोहमा नेपाल अर्थ क्वेक रिलिफ फन्डका तर्फबाट झन्डै ५० हजार डलरको चेक, फन्डका अध्यक्ष सारदा थापा, उपाध्यक्ष बाला घिमिरे र सिएनएफएसका अध्यक्ष बेनी माधव कंडेलले राजदुत कार्कीलाई हस्तान्तरण गरेका थिए । सोहि समारोहमा सिकागो ल्याण्डका झन्डै एक दर्जन संघ संस्थारुको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Nepal support Chicago 2आजै अगुवा समाजसेवी बाला घिमिरेले आफु र आफुले संकलन गरेको झन्डै १० लाख नेपाली रुपियाँ समेत नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी राजदुत कार्कीलाई हस्तान्तरण गरेका थिए ।

 Nepal support Chicago 3समारोहमा अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कार्कीले अमेरिकी सरकार र नागरिकको तहबाट प्रलयकारी भूकम्प गए लगत्तै पुर्याएको सहयोगको लागि नेपाल सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए । राजदुत कार्कीले भने, ‘नेपालको राष्ट्रिय बिपतमा सहयोग पुर्याउने सबै सहयोगी अमेरिकी हातहरु प्रति नेपाल सरकार र त्यहाँका जनता कृतज्ञ छन् ।’ समरोहमा स्टेट सेक्रेटरी व्हाइटले नेपालको राष्ट्रिय बिपतमा एशियन अमेरिकनको तर्फबाट सहयोग गर्न पाउनु अहोभाग्य भन्दै मानव बिपतमा सहयोग गर्नु मानवीय धर्म भएको टिप्पणी गरेकी थिइन् ।

Nepal support Chicago 1अगुवा समाजसेवी बाला घिमिरेको संयोजनमा भएको सहयोग हस्तान्तरण  कार्यक्रममा एशियन अमेरिकनका अतिरिक्त नेपाली समुदायको पनि बाक्लो उपस्थिति रहेको थियो । राजदुत कार्कीले आफु नेपाली अमेरिकनसंग मिलेर काम गर्न इच्छुक रहेको बताउदै नेपाली दुतावासले गर्न सक्ने सहयोगको लागि आफ्नो ढोका सदैव खुल्ला रहेको बताएका थिए । समारोहमा नेपाली समुदायका दर्जन भन्दा बढी संघ संस्थाका प्रतिनधिहरुको उपस्थिति रहेको थियो । शनिबार साँझै नवनियुक्त राजदुतको सम्मानमा सिकागो करी हाउसमा एक भेटघाट कार्यक्रम समेत आयोजना गरिएको थियो । राजदुत कार्कीलाई एशियन अमेरिकन समुदायका तर्फबाट गरिएको स्वागत समारोह लगत्तै सहयोग हस्तान्तरण कार्यक्रम आयोजना गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको

काठमाडौं । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनुहुँनेछ । सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति

बेलायतको लण्डनमा लामो समयदेखि व्यवसाय गरेर बसिरहनुभएका व्यवसायी एवं समाजसेवी महन्त श्रेष्ठ बेलायतका लागि पर्यटन दूत नियुक्त हुनुभएको छ ।