एमालेको राष्ट्रिय भेला आजदेखि, जनजाति नेताहरुले बहिस्कार गर्ने

४ असार २०६९, सोमबार ०८:४७ मा प्रकाशित

काठमाडौ, ४ असार । संविधानसभाको विघटपछिको राजनीतिक परिस्थितिको बारेमा छलफल गरेर पार्टीको धारणा तय गर्न नेकपा एमालेको दुईदिने राष्ट्रिय कार्यकर्ता भेला आजदेखि काठमाडौंमा सुरु हुदैछ । विहान ११ बजेपछि राष्ट्रिय सभागृहमा सुरु हुने भेलामा गएको जेठ १४ मा विघटन भएको संविधानसभा,नयाँ राजनीतिक परिवेश तथा पार्टीको आगामी योजनाको बारेमा छलफल हुने सचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो । देशभरबाट भेला भएका नेता तथा कार्यकर्ताहरुको सुझावको आधारमा संघीयता, राज्यपुनर्संरचनाको स्वरुप लगायतका भावी संविधानका विषयवस्तुको बारेमा औपचारिक धारणा बनाइने सचिव पोखरेलले बताउनुभयो । भेलामा पार्टी अध्यक्ष झलनाथ खनालले पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय गरिएको छ । बैठमा केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, लेखा परिक्षण आयोग, केन्द्रीय निर्वाचन आयोगका पदाधिकारी तथा सदस्य, केन्द्रीय सल्लाहकार परिषद्, जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभाग, अञ्चल समन्वय कमिटीका सचिवहरु र घोषित जसनंगठनका केन्द्रीय अध्यक्ष, उपाध्यक्ष र महासचिवहरुको सहभागिता रहने एमालेले जनाएको छ । भेलामा राजनीतिक तथा संवैधानिक संकटका सम्बन्धमा महत्वपूर्ण प्रस्तावहरु प्रस्तुत तथा पारित गरिने बताइएको छ ।
यसैबीच जातिय पहिचानको आधारमा प्रदेश बनाउनुपर्ने लगायतका आफूहरुका माग पूरा गर्न नेतृत्वले पहल नगरेकोभन्दै एमालेका आदिवासी, जनजाति नेताहरुले भने आजदेखि सुरु हुने कार्यकर्ता भेला बहिस्कार गर्ने भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।