को बन्ला अब फिफाको अध्यक्ष ?

१५ जेष्ठ २०७२, शुक्रबार १०:४४ मा प्रकाशित

काठमाण्डौ जेठ १५ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को नयाँ नेतृत्व चयनको लागि शुक्रबार (आज) निर्वाचन हुँदैछ । लगातार पाँचौपटक फिफा अध्यक्ष बन्ने दौडमा रहेका ब्लाटरलाई यसपटक जोर्डनका युवराज अली बिन अल हुसैनले टक्कर दिएका छन् ।
७९ वर्षीय स्वीस नागरिक ब्लाटर र ३९ वर्षीय अरबी धनाढ्य हुसैनबीचको यो टक्करलाई खेल जगत मात्रै नभएर सिंगो विश्वलेनियालिरहेको छ । फिफाका २ सय ९ सदस्य राष्ट्रले चुनावमा आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन् । सबै सदस्य राष्ट्रलाई एक मत खसाल्ने अधिकार प्राप्त छ ।
अध्यक्ष पदमा निर्वाचित हुन दुई तिहाई मत ल्याउन आवश्यक छ । पहिलो चरणको निर्वाचनमा कुनैपनि उम्मेदवारले दुई तिहाइ मत ल्याउन नसके दोस्रो चरणको भोटिङ हुनेछ । त्यसमा भने साधारण बहुमत ल्याएपनि फिफा अध्यक्षमा निर्वाचित हुन सकिनेछ । यसको लागि १ सय ५ भोट आवश्यक पर्छ ।
विश्व फुटबलका ज्ञाताहरु यसपटक फिफाको इतिहासमै कडा प्रतिस्पर्धा हुने बताइरहेका छन् । युरोपेली फुटबल महासंघ युएफाले जोर्डनका युवराज हुसैनलाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।
ब्लाटरले नै चुनाव जितेको खण्डमा युएफाका केही सदस्य राष्ट्रले फिफाको सदस्यता त्याग्ने अध्यक्ष मिचेल प्लाटिनीले बताएका छन् ।
उता, एसियलाी फुटबल महासंघ (एएफसी) र अफ्रिकी फुटबल महासंघ (सिएएफ)ले ब्लाटरलाई समर्थन गर्ने बताइसकेका छन् ।
यस्तोमा मध्य तथा उत्तर अमेरिकी समूह कोन्काकाफ, दक्षिण अमेरिकी समूह तथा ओसियाना समूहको भोट निर्णयक हुने बुझिएको छ ।

फिफाको संगठनात्मक ढाँचाअनुसार अफ्रिकी फुटबल महासंघसँग सबैभन्दा बढी ५६ भोट छ ।

यसैगरी, युरोपेली फुटबल महासंघसँग ५४, एसियाली फुटबल महासंघसँग ४७, मध्य तथा उत्तर अमेरिकी समूह कोन्काकाफसँग ४१, ओसियाना समूहसँग १४ तथा दक्षिण अमेरिकासँग १० भोट रहेको छ । – See more at: http://imagekhabar.com/samachar/detail/48293/31/.meroml#sthash.Knn7JZY4.dpuf

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी भएका छन् । राउण्ड अफ सिक्सटिन पहिलो

म्यूनिख । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिखले सानदार जीत हासिल गरेको छ । आज बिहान सम्पन्न च्याम्पियन लिग अन्तिम

रोम । क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनले युभेन्टस विजयी हुँदा क्रोटोनी स्तब्ध बन्न पुगेको छ । इटालियन सिरिए अन्तर्गत आज बिहान

इटालियन सिरिएको मिलान डर्बीमा इन्टरमिलानले एसीमिलानमाथि सानदार जीत निकालेको छ । गएराती सम्पन्न शीर्ष दुई टोलीबीच भएको रोमाञ्चक प्रतिस्पर्धात्मक खेलमा