विद्यार्थीमाथि प्रहरीको बर्बर दमन, ७२ जना घाईते

३ असार २०६९, आईतवार २०:३७ मा प्रकाशित

विद्यार्थीमाथि प्रहरीको बर्बर दमन, ७२ जना घाईते
काठमाडौ, ३ असार । सरकारको असम्बैधानिक कदम विरुद्धको विरोधमा आज साँझ नेविसंघले निकालेको मसाल जुलुसमा प्रहरीले बर्बर हस्तक्षेप गरेर ७२ जना विद्यार्थीलाई संख्त घाईते बनाएको छ ।
प्रर्दशनी मार्ग स्थित बाल्मीकी क्याम्पसमा भेला भएर विद्यार्थीले निकालेको मसाल जुलुसमा चारै तिरबाट घेरा हालेर प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गरेको थियो ।
सोक्रममा ७२ जना विद्यार्थी घाईते भएका हुन । घाईते हुनेको हात खुट्टा भाचिनुका साथै टाउको फुटेको बताईएको छ । घाईतेमध्ये १२ विद्यार्थीको अवस्था गंभिर रहेको बताईएको छ ।
घाईते हुनेहरुमा ऋषि सापकोटा, कुश कुमार साह, दिल्ली सुबेदी, पुष्पकुमार शाही, पशुपति खड्का, सुर्य ढकाल, प्रविण भरेल, दिवाकर आर्याल, गणेश सापकोटा, सरोज धिताल, नविन सिह ठकुरी, विरेन्द्रकुमार शर्मा, बसन्तकुमार भाट, धर्मदेब फुलारा, भाष्कर पोख्रेल, राजेश केसी, भगवान अधिकारी, कुन्दन काफ्ले, कल्पना खड्का, जिवलाल खरेल लगायतका रहेका छन् । गंभिर घाईतेहरुमा लक्ष्मी दाहाल, कल्पना खड्का, गणेश सापकोटा, प्रविण भरेल, सुजन भट्ट, सरोज धिताल, दिनेश थपलिया, सैलेन्द्र पौडेल, जिवलाल खरेललगायतका १२ जना रहेका छन् ।
घाईते विद्यार्थी नेताहरुको काठमाडौको मोडल अस्पतालमा उपचार भईरहेको छ । उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन काग्रेस नेता डा रामशरण महत र गगन थापा अस्पताल पुगेका थिए । उनीहरुले सरकार अधिनायकबाद तर्फ उन्मुख भएको प्रष्ट भएको भन्दै लोकतन्त्रमा विरोध गर्न पाउने जनताको अधिकारको हनन गरेर निरकुंश हुन थालेको आरोप लगाए ।उनीहरुले सरकारको दमनबाट आफूहरु पछि नहट्ने बरु उल्टै त्यसको कडा प्रतिबाद गर्ने चेतावनी दिए ।
विद्यार्थी नेताहरुले पनि सरकारको दमनबाट आफुहरुको आन्दोलन नरोकिने भन्दै भोली प्रधानमन्त्रीको ब्राजिल भ्रमणको बेला पनि शसक्त प्रतिकार गर्ने चेतावनी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।