काठमाण्डौको जनजीवन सामान्य बन्दै

१५ जेष्ठ २०७२, शुक्रबार १०:४२ मा प्रकाशित

काठमाण्डौ जेठ १५ । गत बैशाख १२ गते गएको विनाशकारी भुकम्पपछि लगातार पराकम्प हुने क्रम जारी भएपनि सर्वसाधारण विस्तारै सामान्य अवस्थातर्फ उन्मुख भएका छन् ।
विनाशकारी भुकम्प पछि त्रासमा रहेका सर्बसाधारण त्यसको भोलिपल्टै (बैशाख १३ गते शक्तिशाली परकम्प र बैशाख २९ गतेपनि ६.७ रेक्टरस्केलको शक्तिशाली परकम्प भएपछि थप त्रसित बनेपनि हाल सामान्य अवस्थातर्फ फर्किन थालेका हुन् ।
बैशाख १२ गतेको ७.६ रेक्टरस्कलको शक्तिशाली भुकम्पले हजारौंको घरबार ध्वस्त बनाउनुका साथै कतिले आफन्तसमेत गुमाउनु परेको थियो भने त्यसपछि आएको २९ गतेको पराकम्पले पनि त्यस्तै अवस्था निम्त्याएको थियो ।
दिनहुँको पराकम्प र अनावश्यक हल्लाले मानसिक त्रासमा बाँचेका सर्वसाधारण पछिल्लो दिनमा भुकम्पको पराकम्पनसँग अभ्यस्त हुँदै दैनिकीलाई सहज बनाउन लागिपरेका छन् ।
घरबार ध्वस्त भएपनि, आफन्त गुमाउनु परेपनि र भुकम्पपछिका पराकम्पन जारी रहेपनि यसलाई विर्सने प्रयास गर्दै अगाडी बढ्ने प्रयासमा रहेको प्रभावित सर्वसाधारणहरु बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन

बैतडी । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न