नेपाली मूलका धनी व्यक्ति

१५ जेष्ठ २०७२, शुक्रबार १०:३९ मा प्रकाशित

काठमाण्डौ जेठ १५ । गैरआवासीय नेपाली संघ (एनआएन)का अध्यक्ष शेष घले अष्ट्रेलियाको सबैभन्दा धनी ब्यक्तिको ९९ औं स्थानमा पर्न सफल भएका छन् ।
गत वर्ष एक सय ५० औं स्थानमा रहेका घले ९९ औं स्थानमा पर्न सफल भएका हुन् भने उनकी श्रीमती जमुना १०० औं स्थानमा पर्न सफल भएकी छिन् ।
अष्ट्रेलियाको चर्चित बिजनेस म्यागेजीन द रिभ्युले सन् २०१५का सबैभन्दा धनी दुई सय अष्ट्रलियनहरुको सुचिमा घले दम्पतीलाई यस्तो सफलता मिलेको हो ।
पत्रिकाका अनुसार घलेको चामत्कारीक रुपमा अघिल्लो वर्षको भन्दा १५ करोड डलर सम्पत्ति बढेको छ ।
अरु धनाड्यहरुको सम्पत्तिमा ह्रास आएको बेला उनीहरुको समपत्ति भने बढेको हो । गत वर्ष उनीहरुको सम्पत्ति ३३ करोड ५० लाख डलर थियो ।
उनीहरुले अष्ट्रेलियामा मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजी नामक कलेज सञ्चालन गरेका छन् । यहाँ करिब तीन हजारले अध्ययन गरिरहेका छन् ।
यसका अलवा रियल स्टेट, होटल लगायतमा उनीहरुको लगानी छ । घलेकी श्रीमती जमुना अष्ट्रेलियाकी आठौं धनी महिला हुन् ।
अस्ट्रेलियाका सबैभन्दा धनी व्यक्तिको पहिलो नम्बरमा रुपमा १४ अर्ब २० करोड डलर सम्पति सहित यो वर्ष पनि जिना रिनहार्ट छिन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी हुँदा ३५ भन्दा बढी घर जलेका छन् । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ तथा