आज गणतन्त्र दिवस, औपचारिक कार्यक्रम नगरिने

१५ जेष्ठ २०७२, शुक्रबार १०:३५ मा प्रकाशित

काठमाण्डौ जेठ १५ । आज जेठ १५ गते , सातौँ राष्ट्रिय गणतन्त्र दिवस । हरेक वर्ष कुनै न कुनै रुपमा मनाइने यो दिवस यसपटक भने नमनाउने निर्णय मन्त्रिपरिषद्को हिजो बसेको बैठकले गरेको छ ।
सरकारले मुलुक महाभूकम्पका कारण शोकमा डुबेको भन्दै यसवर्षको गणतन्त्र दिवस नमनाउने निर्णय गरेको हो । गणतन्त्र दिवसको दिन सरकारले सैनिक मञ्च टुँडीखेलमा विशेष कार्यक्रम गर्दै आइरहेको थियो भने जिल्ला–जिल्लामा सरकारी तथा नागरिकस्तरबाट समेत विभिन्न कार्यक्रम गरी दिवस मनाउने गरिन्थ्यो ।
विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकले देशमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गरेको थियो । त्यसको भोलिपल्ट जेठ १६ गते अन्तरिम संविधान २०६३ मा चौथो संशोधन गर्दै प्रस्तावनामा ‘राजतन्त्रको विधिवत अन्त्य गरी नेपाल एक संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भएको घोषणा गर्दै’ भन्ने वाक्यांश थपिएको थियो ।
चौथो संशोधनले अन्तरिम संविधानको भाग १ को धारा ४ मा ‘संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक राज्य’ भन्ने वाक्यांश थप गरेको थियो । यसैगरी चौथो संशोधनले भाग ४ मा ‘क’ थप गरी राष्ट्रपति र उपराष्ट्रपति रहने तथा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन र पदावधिको व्यवस्था गरिएको थियो ।
यस वर्ष सरकारले गणतन्त्र दिवसका अवसरमा कुनै पनि औपचारिक कार्यक्रन नगर्ने निर्णय गरेको छ । गणतन्त्र दिवसका अवसरमा राजधानीको सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना गरिन्थ्यो । उक्त अवसरमा प्रधानमन्त्रीले मन्तव्य दिने गर्नुभएको थियो । सोही अवसरमा अपराहृन राष्ट्रपतिले राष्ट्रपति भवन शीतल निवासमा आयोजना गर्ने गरेको चियापान समारोह पनि यस वर्ष नहुने भएको छ ।
गणतन्त्र दिवसका अवसरमा यस वर्ष तक्मा, पदक र विभुषण पनि घोषणा गरिएन । सधैँझैँ कैदीहरुलाई कैदीहरुलाई कैद भने मिनाहा गरिएको छ । २०६२÷ ०६३ सालको जनआन्दोलनपछि पनि देशलाई गणतन्त्रमा लैजाने कि नलैजाने भन्नेमा राजनीतिक पार्टीहरुबीच विवाद थियो ।
विसं २०६४ चैत्र २८ गते संविधानसभाको निर्वाचन भएपछि बसेको संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्र घोषणा गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले