गोरखाका भुकम्प पीडितलाई नेपाली जनसम्पर्क समिति अमेरिकाको सहयोग

१५ जेष्ठ २०७२, शुक्रबार ००:४१ मा प्रकाशित

निर्मल अर्याल, गोरखा । नेपाली जनसम्पर्क समिति अमेरिकाबाट महाभुकम्प पीडितलाई सहयोग गर्ने क्रम जारी छ । यसैक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाको पहलमा गोरखा जिल्लाको घैरुङ गाविस बतासेमा करीब ५ सय जनालाई झुल वितरण गरिएको छ। गर्मीयामको आगमनसँगै पालमा जीवन निर्वाह गरिरहेका पीडितलाई लामखुट्टेको टोकाइबाट जोगाउन झुल वितरण गरिएको हो।

बुधवार एक कार्यक्रमबीच नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, उपाध्यक्ष धर्मराज श्रेष्ठ, सदस्य हरिबोल भण्डारी, बुद्धि लामिछाने लगायतलेले स्थानीयलाई झुल हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाली जनसम्पर्क समितिका केन्द्रीय अध्यक्ष आनन्द विष्टले महाभुकम्पबाट बढि प्रभावित जिल्लामा त्यसै अनुसार पुनर्निर्माण कार्यलाई चुस्त बनाउन आफुले पार्टी नेतृत्वको ध्यानाकर्षण गर्ने बताउनुभयो।

नेपाली जनसम्पर्क समितिले देशका विभिन्न ठाउँमा पुगेर राहत वितरण कार्यक्रममा सहयोग पुर्याउने प्रतिबद्धता विष्टले जनाउनुभयो । उपाध्यक्ष धर्मराज श्रेष्ठले महाभुकम्प पीडित बालबालिकाको शिक्षादीक्षाका लागि आफु जस्तो सुकै सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो । सदस्य हरिबोल भण्डारीले महाभुकम्प पीडितहरुको घाउमा मलम लगाउन आफुहरु सात समुद्रपारिबाट नेपाल आएको बताउँदै आगामी दिनमा समेत पीडितहरुलाई थप सहयोग गर्ने वचनवद्धता प्रकट गर्नुभयो।

प्रतिक्रिया
सम्बन्धित खवर

भियना ।नेपाली साहित्यकार समूहले बिश्वभरका नेपालीभाषी साहित्यकारहरूलाई जोडेर रचना वाचन तथा सरस्वति सम्मान कार्यक्रम सम्पन्न ग-यो। जुम प्रविधिको प्रयोग गरेर

पोर्चुगल । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा

लन्डन । कोरोना सङ्क्रमणबाट अस्पताल भर्ना भएका एक नेपालीको उपचारकै क्रममा मस्तिष्काघातबाट मृत्यु भएको छ । ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी

कोरियामा काम गर्दै बचेको समयमा साहित्य सिर्जनामा रमाउने कवि सुष्मा रानाहँमाको नयाँ कविता कृति आमाको तासफोटो र दीपा मेवाहाङ राईको