फिफाको निर्वाचनमा भाग लिन नेपालबाट तीन सदस्य जुरीखमा

१५ जेष्ठ २०७२, शुक्रबार ००:३७ मा प्रकाशित

हिरालाल श्रेष्ठ, स्विट्जरल्याण्ड, १४ जेठ । फिफाको शुक्रबार हुने निर्वाचनमा भाग लिन नेपालबाट अखिल नेपाल फुटबल संघ (एन्फा) का दुई केन्द्रीय सदस्य वसन्त अर्याल र रत्नकुमार श्रेष्ठ तथा बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही जुरीख आईपुगेका छन्। उनीहरु विश्व फुटबल महासंघ (फिफा) को निर्वाचनमा भाग लिन मंगलबार बिहान स्विट्जरल्याण्ड आईपुगेका थिए। गैर आवासिय नेपाली संघ, स्विट्जरल्याण्डका निवर्तमान अध्यक्ष डा. विनय श्रेष्ठले उनीहरु संग मंगलबार साँझनै भेट गरेका थिए।

फिफाको शुक्रबार हुने निर्वाचनमा भाग लिई उनीहरु शनिबार नेपाल फर्कने बताए। फिफाको शुक्रबार हुने निर्वाचनको लागि जुरिच आइपुगेका अधिकारीलाई स्वीस अधिकारीले भ्रष्टाचारको आरोपमा बुधबार विहान फिफाका सात अधिकारी लाई पक्राउ गरेको छ। विश्व फुटबल महासंघका सात अधिकारीहरु पक्राउ परे पनि फिफाको निर्वाचन पूर्वनिर्धारित समयअनुसार शुक्रबार जुरीखमा नै हुने भएको छ।

उक्त महासंघका वर्तमान अध्यक्ष सेप ब्लाटर र जोर्डनका युवराज अली विन अल हुसेन फिफा अध्यक्षमा प्रतिस्पर्धा गर्दैछन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । गएराति लिभरपुलको मैदानमा भएको खेलमा

काठमाडौं । नेपाली काँग्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ । कांग्रेसका सभापति