राष्ट्रिय सहमतिको सरकार गठन गरौँ : ओली

१५ जेष्ठ २०७२, शुक्रबार ००:३५ मा प्रकाशित

काठमाडौं, १४ जेठ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शुशिल कोइरालाले अहिलेको विपदको बेलामा मूलुकलाई पार लगाउन नसक्ने भन्दै राष्ट्रिय सहमतिको सरकार गठनमा जोड दिएका छन् ।

प्रधानमन्त्री कोइरालाले संविधान निर्माण कार्यलाई टुंगोमा पुर्याउन नसकेको भन्दै अध्यक्ष ओलीले त्यसमाथी झन भूकम्पले पारेको क्षतिको पूर्ननिर्माण कोइरालाले गर्न नसक्ने दाबी गरेका छन् ।

एमाले राजधानीमा आयोजित पेशागत जिल्ला कमिटिको राहत हस्तान्तरण कार्यक्रममा अध्यक्ष ओलीले आज यस्तो बताएका हुन् ।

यससंगै उनले आफु राष्ट्रिय सहमतिय सरकारको प्रधानमन्त्री बन्न तयार रहेको र त्यसका लागी कोइरालालाई राजीनामा दिन घुमाउरो पाराले संकेत गरेका छन् । उनले यस्तो बेला राष्ट्रिय एकताको झन् आवश्यकता रहेको उल्लेख गर्दै पक्ष विपक्ष नभई काम गर्नुपर्ने बताए ।

उनले कोइरालाले पदबाट राजीनामा नदिए आफ्नो दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने पनि खुलासा गरेका छन् । कार्यक्रममा ओलीले छिटो संविधान जारी गरेर अल्पकालिन र दीर्घकालिन योजना सहित मुलुकको पूर्ननिर्माणमा लाग्नुपर्ने पनि दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न