गोर्खा भर्ती दुई सय बर्ष पुगेको अवसरमा हुने कार्यक्रममा बेलायती महारानी सहभागी हुने

१५ जेष्ठ २०७२, शुक्रबार ००:३२ मा प्रकाशित

लन्डन, १४ जेठ । बेलायतमा ब्रिटिस सेनामा गोर्खा भर्तीको दुई सय बर्ष पुगेको अवसरमा रोयल हस्पिटल चेल्सीमा आगामी ९ जुनमा हुने ’गोर्खा २०० पेजेन्ट’ मा बेलायती महारानी एलिजावेथ पनि सहभागी हुने भएकी छन् ।

महारानी द्वितियासहित शाही परिवारका सदस्यहरुले सो कार्यक्रममा उपस्थिती जनाउने बताइएको छ । कार्यक्रमका अवसरमा महारानी र अन्य शाही सदस्यहरुले आयोजकसहित सेवारत गोर्खा र भेट्रानहरुलाई भेट्ने कार्यक्रम पनि छ ।

दि गोर्खा वेलफेयर ट्रष्टको सहयोगार्थ हुन लागेको उक्त इभेन्टमा डुक अफ एडिनबरा प्रिन्स फिलिप, द प्रिन्स अफ वेल्स् चाल्र्स र प्रिन्स ह्यारीको समेत सहभागिता हुनेछ ।

गोर्खा वेलफेयर ट्रष्टले नेपालमा रहेका भूतपूर्व गोर्खाहरुको आर्थिक तथा औषधोपचारमा सहयोग गर्दै आएको छ । प्रथम र दोश्रो विश्वयुद्धमा ४० हजार बढि गोर्खाले ज्यान गुमाइसकेको विश्वास छ । हालसम्म १३ गोर्खाहरुले ब्रिटिस सेनाको सर्वोच्च पदक भिक्टोरिया क्रस (भिसी) पाइसकेका छन् ।

ब्रिटिस शाही परिवारका समाचारमा विश्वसनीय ठानिने रोयल सेन्ट्रलका अनुसार, त्यसदिन गोर्खा इतिहास स्मरण र ब्रिगेड अफ गोर्खाज् व्याण्डको प्रस्तुति रहनेछ ।

उक्त अवसरमा महिनादिन अघि नेपालमा आएको विनाशकारी भूकम्पमा दिवंगत हुनेहरुप्रति श्रद्धाञ्जलि अर्पण समेत गरिनेछ । रानी र प्रिन्स चाल्र्सले डिजास्टर इमर्जेन्सी कमिटी (डिइसी) मार्फत नेपालका भूकम्पपीडितलाई व्यक्तिगत सहयोग समेत गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला सर्वोच्च