चीनद्वारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण

१४ जेष्ठ २०७२, बिहीबार ११:१५ मा प्रकाशित

काठमाण्डौ जेठ १४ । बैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट प्रभावित भएकाहरुका लागी चिन सरकारले करिब ४० मिलियन बराबरको औषधी लगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
आज ललितपुरको जावालाखेलमा एक कार्यक्रमको आयोजना गरी चिनिया राजदुत उ छुन्थाईले स्वास्थ्यमन्त्री खगराज अधिकारीलाई हस्तान्तरण गर्नु भएको हो ।
चिन सरकारले एक हप्ता अघि नै सो सामग्री नेपाल ल्याएको थियो । चिनबाट आएको स्वास्थ्य कर्मीसहितको टोलीले आज नेपालका लागी स्वास्थ्य अधिकारी, नेपाली सेनाा अधिकारीलाई सो समान हस्तान्तरण गरेको हो ।
खासगरी भूकम्पछि फैलिन सक्ने महामारीलाई रोक्नका लागी आवश्यक सामग्री चिनले उपलब्ध गराएको स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले बताउनु भयो । यसअघि नेपालले दुईओटा मोबाइल अस्पताल पनि नेपाललाई हस्तान्तरण गरेको छ।
कार्यक्रममा नेपालका लागी चिनिया राजदुत ऊ छुन्थाईले नेपालमा गएको भूकम्पले ठूलो क्षति गरेको प्रति दुख व्यक्त गर्दै त्यसमा चिनले शुरु देखि नै सहयोग गर्दै आएको बताउनु भयो ।
नेपालको पूर्ननिर्माणमा चिन सहयोग गर्न तयार रहेको भन्दै राजदुत छुन्थाईले यसका लागी नेपालले आवश्यक योजना अगाडी सार्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली

काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले