खुकुरी प्रहार गर्ने अभियुक्त प्रक्राउ

१४ जेष्ठ २०७२, बिहीबार ११:०२ मा प्रकाशित

काठमाण्डौ जेठ १४ । सन्धुपाल्चोकमा खुकुरी प्रहार गरी फरार रहेका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जेठ २२ गते मेलम्ची नगरपालिका वडा नम्बर १५ बस्ने २५ वर्षकी अनिता थापालाई खुकुरी प्रहार गरी फरार अभियुक्त सोही स्थानका ३२ वर्षका रबी भन्ने रामबहादुर तामाङलाई ईलाका प्रहरी कार्यलय मेलम्ची पक्राउ गरेको छ ।
तामाङलाई बिशेष सुराकीका आधारमा ज्यामिरेको चाङ्खु भन्ने स्थानबाट पक्राउ गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
तामाङले गत पुसमा मीना तामाङ र मीनाका श्रीमान फुर्वा तामाङलाई खुकुरी प्रहार गरी घाईते बनाएका थिए ।
त्यस्तै अनिता थापालाई नै खुकुरी प्रहार गरी घाईते बनाउने अर्का अभियुक्त ज्यामिरे बस्ने २७ बषिर्य सुनिल तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुबै जना माथी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको ईलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका