श्रीलंकन क्रिकेट पदाधिकारी बर्खास्त

१४ जेष्ठ २०७२, बिहीबार १०:५९ मा प्रकाशित

काठमाण्डौ जेठ १४ । राष्ट्रिय क्रिकेट टोलीमा पर्नका लागि केहि खेलाडीहरुलाई यौन प्रस्ताव गरेको आरोपमा श्रीलंकन क्रिकेट बोर्डको संचालक संस्थाले ३ जना पदाधिकारीलाई बर्खास्त गरेको छ ।
श्रीलंकन क्रिकेट बोर्ड एसएलसीका अनुसार अघिल्लो हप्ता अनुबन्धन समाप्त भएका उनीहरुलाई बोर्डबाट हटाइएको हो । उनीहरुमध्ये २ जना यौन उत्पिडन र अर्का एकजनालाई अनुचित व्ययभारमा दोषी पाइएको बोर्डले जनाएको छ ।
एसएलसीका अनुसार उनीहरुले यौन सम्बन्ध राख्ने प्रस्ताब गरेको प्रमाण नमिलेपनि २ जना यौन उत्पिडन र एकजना अनुचित ब्यवभारमा दोषी भने पाइएको बताएको छ । एसएलसीले बर्खास्तमा परेका तीनै जनाको नाम भने सार्वजनिक गरेको छैन् ।
श्रीलंकाको खेल मन्त्रालयले यसअघिनै भित्रि जानका क्रममा टोलीका दुईजना मेनेजरले टोलीका सदस्यलाई यौन सम्बन्ध राख्न प्रस्ताव गरेको पाइएकाले उनीहरुविरुद्ध कारबाही गर्ने बताइसकेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

सेभिया । उपाधि दावेदार बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सेभिया विरुद्धको सेमिफाइनल खेल समग्रमा

रोम । पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डोले क्लब फुटबलमा नयाँ कीर्तिमान बनाएका छन् । उनी इटालियन फुटबल क्लब युभेन्टसबाट क्लब फुटबल

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले साउथह्याम्पटनलाई १–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल, आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । शिर्ष क्लबहरु चेल्सी र