सम्पत्ति सुद्धिकरण सम्बन्धी अध्यादेश जारी गराउन प्रधानमन्त्रीद्धारा राष्ट्रपति समक्ष आग्रह

३ असार २०६९, आईतवार २०:०७ मा प्रकाशित


काठमाडौ, ३ असार । प्रधानमन्त्री डा बाबुराम भट्टराईले सम्पत्ति सुद्धिकरण सम्बन्धी अध्यादेश अनुमोदन गर्न राष्ट्रपति डा रामबरण यादवसमक्ष अनुरोध गरेका छन् ।
सो विधेयक पारित नभए मुलुक भोलीबाट अन्तर्राष्ट्रिय स्तरमा कालोसुचिमा पर्ने तर्फ ध्यानआर्कर्षित गर्दै सरकारले पेश गरेको सो अध्यादेश अनुमोदन गर्न आग्रह गरेका हुन । आज राष्ट्रपतिलाई भेटेर प्रधानमन्त्रीले त्यस्तो आग्रह गरेका हुन ।
राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले आज सम्पत्ति सुद्धिकरण सहित पारस्परिक कानूनी सहायता र अध्यादेश र सुपुदर्गी सम्बन्धी कानूनलाई ससोधन र एकीककरण गर्न बनेको अध्यादेशलाई अनुमोदन गरी जारी गर्न पेश गरेका हुन । ती विद्येयकहरु आजै विहान बसेको मन्त्री परिषदको बैठकले राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको थियो ।
भेटमा राष्ट्रपतिले भने राजनीतिक अस्थीरता भएको बेला अध्यादेश अनुमोदन गर्दा विवाद र सहमतिको राजनीतिमा झनै अप्ठ्यारो अवस्था आउने तर्फ सचेत गराउँदै सहमतिमै अध्यादेश अनुमोदन गर्नु पर्ने धारणा राखेका थिए । यद्यपि उनले सम्पत्ति सुद्धिकरण अध्यादेशको सम्बन्धमा भने आफूले छलफल गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
राष्ट्रपतिले आजै काग्रेस सभापति सुशिल कोइराला र एमाले अध्यक्ष झलनाथ खनालसँग टेलिफोनमा सम्बाद गरेर राय मागेका थिए । स्रोतका अनुसार दुबै नेताले अहिले अध्यादेश जारी गर्दा बजेट जारी गर्न समेत राष्ट्रपति बाध्य हुने र राष्ट्रपति माओवादी घेराबन्दीमा पर्ने भन्दै त्यसो नगर्न सुझाव दिएका थिए । उनीहरुले नेपाल कालो सुचिमा परे पनि माओवादीकै कारण पर्ने अध्यादेश जारी गर्ने आदेश नगर्न  सुझाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी