अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित

१४ जेष्ठ २०७२, बिहीबार १०:५५ मा प्रकाशित

काठमाण्डौ जेठ १४ । काठमाडौं उपत्यका सहित देशभर अझै गर्मी बढ्ने मौसमविद्ले बताएका छन् । विशेषगरी पश्चिम तराईमा तापक्रम बढेसँगै तातो हावा लु चल्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
हिजो ४२ दशमलव ७ डिग्री सेल्सियस रहेको दिपायलको तापक्रम आज ४१ देखि ४३ डिग्री पुग्ने अनुमान छ । नेपालगञ्जमा ४० दशमलव ६ डिग्री पुगेको छ । यो अझै बढ्ने महाशाखाको अनुमान छ ।
गर्मी बढ्दै गएकाले खानपानमा ध्यान दिन पनि डाक्टरले सुझाएका छन् । गर्मीमा धेरै पसिना आउने र पसिनाको माध्यमबाटै नुनिलो पदार्थ बाहिर निस्कने भएकाले शरिरमा पानीको मात्रा कम हुने हुदा कागती र नुन मिसाएर पर्याप्त पानी पिउनुपर्ने डाक्टरहरुको सुझाव छ । यस्तै तातो पानी, मोहीमा नुन वा चिनी राखेर, नरिवलको पानी, बाबरीको सर्वत वा अचार अनि प्याज खाए शरीरलाई चाहिने तरल पदार्थ र पौष्टिक तत्व मिल्ने डाक्टर अरुणा उप्रेतीले बताउनुभयो ।
गर्मीमा शीतल हुन्छ भनेर बजारमा पाईने पेय पदार्थ भने खान नहुने डाक्टरहरुको सल्लाह छ । शरीरमा पानीको मात्रा कम भएपछि हात खुट्टा बाउँडिने, रिंगटा लाग्ने बेहोस हुने जस्ता स्वास्थ्य समस्या देखिने हुदा सचेत रहन डाक्टरहरुले सुझाव दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने