लगातारको परकम्पन जनजीवन त्रसित

१४ जेष्ठ २०७२, बिहीबार १०:५३ मा प्रकाशित

कामठाण्डौ जेठ १४ । आज बिहान भूकम्पको ४ वटा परकम्पन गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर २९ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको हो । त्यसअघि ५ बजेर १२ मिनेटमा काठमाडौंको दक्षिण पश्चिम केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको थियो ।
केन्द्रबिन्दू नजिक भएकाले यो पराकम्पले काठमाडौंमा बढी धक्का को महसुस गरायो । यसअघि आजै बिहान ३ बजेर ४० मिनेट र ३ बजेर ७ मिनेटमा गोरखा र धादिङ केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको परकम्प गएको छ ।
ठूलो भूकम्पपछि साना पराकम्पन आउनु स्वभाविक भएकाले नआत्तिन तर सचेत रहन केन्द्रले सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना

काठमाडौं । नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र