संसद्ले सम्मेलन केन्द्र फेरि भाडामा लियो

३ असार २०६९, आईतवार १७:३५ मा प्रकाशित

काठमाडौ, ३ असार । संसद् सचिवालयले संविधानसभा भवन रहेको नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुनः आगामी छ महिनाका लागि भाडामा लिएको छ । सरकारले संविधानसभाको चुनाव घोषणा गरिसकेकाले आगामी मङ्सिर मसान्तसम्मका लागि पुरानै भाडादरमा सम्मेलन केन्द्र विकास समितिसँग सम्झौता गरी भवन प्रयोग गर्न थालिएको संसद्का प्रवक्ता मुकुन्द शर्माले बताउनुभयो । यसअघि यो सम्मेलन केन्द्रको भवन वार्षिक सात करोड ४९ लाख ७८ हजारका रुपैयाँमा संसद्ले चार वर्षदेखि भाडामा लिएको थियो । जेठ १४ गते संविधानसभा विघटन भएपछि  भवन व्यापारिक र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बनाइएको भन्दै निजी क्षेत्रका उद्योगी व्यवसायीले व्यापारिक प्रयोजनमा ल्याइनुपर्ने माग गर्दै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिराका कारण ६ परिवार विस्थापित भएका छन् । छिपछिपेमा पाँच र महभिरमा

काठमाडौँ । निर्वाचन आयोगले नेपाल सरकारबाट तोकिएको आउँदो मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न