सहमतिमा बजेट ल्याउनुपर्ने कांगे्रस नेता महतको भनाइ

३ असार २०६९, आईतवार १७:३३ मा प्रकाशित

काठमाडौ, ३ असार । पूर्वअर्थमन्त्री एवं कांगे्रस नेता डा. रामशरण महतले आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय सहमति कायम गरी ल्याउनुपर्ने बताउनु भएको छ । आर्थिक पत्रकार समाज (सेजन) ले आज राजधानीमा गरेको कार्यक्रममा उहाँले पूर्ण आकारको बजेट ल्याउन राष्ट्रिय सहमति अपरिहार्य भएको बताउनुभयो । बजेट प्रस्तुत गर्ने समयसम्म राष्ट्रिय सहमतिको सरकार गठन हुनेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै उहाँले कामचलाउ वर्तमान सरकारले नयाँ कार्यक्रम समावेश गरेर बजेट ल्याउन नसक्ने तर्क गर्नुभयो । सम्पत्ति शुद्धीकरणलगायत अत्यावश्यक विधेयक पारित गर्न आफ्नो दल नेपाली काँग्रेस र नेकपा एमाले सधैँ सकारात्मक रहेको तर माओवादीकै कारण विधेयक तत्कालीन व्यवस्थापिका–संसद्बाट पारित हुन नसकेको दाबी पनि गर्नुभयो ।
अर्को फरक प्रसङ्गमा डा महतले ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ए जलविद्युत् परियोजनालाई ९० मेगावाटमा लैजाने ऊर्जा मन्त्रालयको निर्णयप्रति असहमति जनाउँदै राज्यको ढुकुटी रित्याउने गरी उक्त परियोजनाको क्षमता बढाउन नहुने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले

काठमाडौँ । नेपालको संवैधानिक व्यवस्थाअनुसार वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न सक्नुभएन । अहिलेको सरकार नेपालको

काठमाडौं । माधवकुमार नेपाल र झलनाथ खनालसहित नेकपा एमालेका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अश्वीकार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदबाट विश्वासको मत प्राप्त भएन । संसदले विश्वासको मत नदिएपछि उनी पदमुक्त भएका छन्