जिम्वावेविरुद्ध पाकिस्तानको उत्कृष्ट प्रदर्शन

१३ जेष्ठ २०७२, बुधबार ११:१३ मा प्रकाशित

काठमाण्डौ जेठ १३ । एकदिवशीय क्रिकेट टेस्टमा पाकिस्तानले जिम्वावेलाई ४१ रनले पराजित गरेको छ।
घरेलु मैदान लाहोरमा हिजो भएको खेलमा पाकिस्तानले जिम्वावेलाई ४१ रनले पराजित गरेको हो ।
पाकिस्तानले दिएको ३ सय ७६ रनको विसाल लक्ष्य पछ्याएको जिम्वावेले निर्धारीत ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ३४ रन मात्र बनाउन सक्यो ।
जिम्वावेका लागि कप्तान इल्टन चिकुम्बुराले १ सय १७ रनको पारि खेलेपनि जितका लागि पर्याप्त भएन । जिम्वावेका हेमल्टन मासाकाजाले ७३ तथा सेन विलियम्स र सिकन्दर राजाले समान ३६ रन बनाएका थिए । पाकिस्तानका लागि वाहब रिजले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली पाकिस्तानले निर्धारीत ५० ओभरमा ३ विकेट गुमाउँदै ३ सय ७५ रनको विसाल योगफल तयार पारेको थियो ।
पाकिस्तानलाई उच्च योगफल बनाउनका लागि २ वर्षपछि टोलीमा फर्किएका शोएब मल्लिकले सर्वा्धिक १ सय १२, ह्यारिस सोहिलले अविजित ८९, मोहम्मद हफिजले ८६ र कप्तान अजर अलिले ७९ रन बनाए ।
जित सँगै पाकिस्तानले ३ म्याचको श्रृँखलामा १–० को अग्रता लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

म्याड्रिड । स्पेनिस लिग फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सेभियालाई २–० ले हराएको छ । सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न हिजो शनिबार त्यसतर्फ उड्नुभएको छ

नयाँदिल्ली । इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतले सानदार जित निकालेको छ । अहमदाबादमा टेस्टको दोस्रो दिन हिजो भारतले इंग्ल्यान्डलाई १० विकेटले

लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी भएका छन् । राउण्ड अफ सिक्सटिन पहिलो