उदयपुरमा हावाहुरीबाट करोडौैँको क्षति

१३ जेष्ठ २०७२, बुधबार ११:०३ मा प्रकाशित

काठमाण्डौ जेठ १३ । हिजो राती चलेको हावाहुरीले उदयपुरमा १ जनाको मृत्यु हुनुका साथै ७ जना घाइते भएका छन् ।
गए रातिको हावाहुरीबाट रैता गाविस–९ गुरासे बस्ने २० वर्षीया शान्तिकुमारी थापा मगरको घरको छाना भत्किँदा छानाले थिचिएर मृत्यु भएको र अन्य विभिन्न स्थानमा सात जना घाइते भएको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले जानकारी दिनुभयो ।
यससंगै शनिबारदेखि लगातार चलेको हावाहुरीबाट करिब ३५० घर र १२ विद्यालयमा समेत क्षति पुगेको छ । त्यस्तै विजुलीका करिब ४०० खम्बा ढलेका प्रहरीले जनाएको छ ।
हावाहुरीका कारण पञ्चावती, भलायडाँडा, साउने, राम्पुर ठोक्सिला, हटिया र चुरे क्षेत्रका तीन हजारभन्दा बढी सालका रुख ढल्दा रु १० करोड बराबरको क्षति भएको जिल्ला वन अधिकृत किशोरचन्द्र गौतमले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका