‘अमेरिका यस्तो देश रहेछ जहाँ मेहनत गरे सफलता चुम्न सकिदो रहेछ’

१३ जेष्ठ २०७२, बुधबार ०९:३२ मा प्रकाशित

विजय थापा, वाशिंगटन डिसी, १३ जेठ । एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट अमेरिकी राष्ट्रपति बराक ओवामाको सल्लाहकार नियुक्त हुनु भएकी नेपाली अमेरिकन सञ्जिता प्रधानले आफुले समाजिक न्यायको क्षेत्रमा गरेको कामको परिणाम स्वरुप उच्च तहको राजनीतिक नियुक्ति पाउन सफल भएको बताएकी छिन ।

एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट अमेरिकी राष्ट्रपति बराक ओवामाको सल्लाहकार नियुक्त भए लगत्तै प्रधानले संचारकर्मीसंगको कुराकानीको क्रममा सामाजिक न्यायको क्षेत्रमा आफुले गरेको मेहनत र परिश्रमको प्रतिफल यो उच्च तहको सफलता चुम्न सफल भएको बताएकी हुन्   ।

‘अमेरिका यस्तो देश हो जहाँ मेहनत गरे जसले पनि सफलता चुम्न सक्दो रहेछ’ भन्दै आफुले प्राप्त गरेको सफलता सबै नेपालीसंग बाड्न पाउदा आफुलाई गर्वको अनुभूति भैरहेको बताइन ।

उनले भनिन. ‘राष्ट्रपति ओवामाले आफ्नो सल्लाहकार समुहमा थप १९ जनालाई नियुक्त गरेका छन् र त्यो १९ जनामा आफु पनि परेको हु । नियुक्त भएका सबै कोहि स्वास्थ्य तथा ब्यापार क्षेत्रका बिज्ञ छन् भने कोहि लामो समय देखि समाज सेवामा समर्पित रहेका समाज सेवी पनि छन् ।’

प्रधानले अगाडी भनिन, ‘आफुले धेरै बर्ष सम्म भुटानीहरुको पुनर्स्थापन कार्यमा  काम गरेको र आफु बिज्ञ रहेपनि कनिष्ठ रहेको तर पनि आफुलाई यति ठुलो जिम्मेवारी दिएको बताईन ।

उनले भनिन, ‘सामाजिक न्यायको क्षेत्रमा आफु सदैव सत्यको पक्षमा दृढ रहेको महिला हु । आफुले गरिव दुखि, ओझेलमा परेका र सतह भित्र लुकेर बसेको समुदायको पक्षमा वकालत गर्दै आई रहेको छु ।’

उनले जोड दिदै भनिन, ‘आवाज उठाउन नसक्ने समुदाय प्रति वकालत गर्न नडराउने, अन्याय सहन नसक्ने र आवाजलाई बुलन्द पार्ने काममा तल्लिन छु । हामी एसियनहरुमा भाषाको समस्या देखिएको मैले अनुभूति गरेको छु ।’

उनले अगाडी भनिन, ‘भाषा आएन भने हाम्रो आवश्यकताको पहिचान गर्न गार्हो हुन्छ । आफुले यिनै क्षेत्रमा समस्याको पहिचान गर्दै सामाजिक न्यायको पक्षमा बहस गर्दै आएको दावी गरिन । आफ्नो प्रेरणाको श्रोत आफ्ना पिता भएको पनि उनले बताइन  ।

आफ्नो नियुक्त बारेमा नेपाली समुदायमा केहि भ्रम रहेको बताउदै आफ्नो नियुक्ति अवैतनिक भएको र यो एक खालको स्वयंसेवक कार्य भएको स्पष्ट पारिन ।

आफ्नो सफलताको श्रेय परिवारको समर्थन र सहयोग भएको बताउदै आफ्ना सम्पूर्ण परिवारजन प्रति कृतज्ञ रहेको बताइन ।

उनले समुदाय केन्द्रित समस्याको बारेमा भनिन. ‘एसियनहरुको समस्यामा म काम गर्न सक्छु, सहयोग गर्न सक्छु । म अहम भूमिका निर्वाह गर्न सक्छु । कुराहरु राख्न सक्छु । तर धेरैले पत्राचार गर्दै मेरो नियुक्तिको प्रवृति नबुझेर प्रश्नहरु गरि रहेको जानकारी गराईन ।

कुराकानीको क्रममा उनले भनिन, ‘आफु यहाँ सम्म पुग्छु भन्ने नलागेको र आफु आफुले प्राप्त गरेको उच्च तहको सफलता देखेर आश्चर्य चकित परेको बताइन । आफु मानव अधिकारको क्षेत्रमा क्रियाशील रहेको बताउदै आफुले तटस्थ रहेर गरेको कामको पुरस्कार हो मेरो नियुक्ति ।’

आफुलाई नियुक्त गरिएको काम सुरु भैसकेको बताउदै आफु सहभागी हुदा नौलो नलागेको बताउदै आफुले राज्य स्तरमा यसरि नै काम गर्ने गरेको बताईन । उनले थपिन, ‘आयोवा राज्यमा स्थानीय स्तरमा आयोगमा उनीहरु संगै काम गरेको छु ।’

प्रधानले अगाडी भनिन एसिया प्यासिफिक आइसल्याण्डरको लागि मेरो नियुक्ति हो । मेरो काम अमेरिकामा भएका एसियन समुदायसंग काम गर्ने हो । आफुले नियम अनुगमन गर्नेमा ध्यान पुर्याउनु पर्ने हुन्छ भन्दै नया नियुक्तिको काममा सहज र सरल रुपमा निभाई रहेको बताईन । यसको साथै अमेरिका भरि रहेका नेपाली समुदायका मुद्धा ,टेमपोररी प्रोटेकटेड स्टाटस (अस्थायी सुरक्षित हैसियत )स्वास्थ्य ,बिदेशी सम्पति परिवहन आदि ईत्यादी बिषय तथा समस्यामा नेपाली समुदाय संग काम गर्न चाहेको बताईन ।

आफु आफ्नो अथक मेहनतलेनै यो उच्च तहसम्म पुगेको संस्मरण गराउदै आफुले अमेरिकामा बस्ने नेपालीहरुको प्रोफ़ाएल लेख्ने प्रयास गरि रहेको जानकारी गराईन ।

संजिताले आफ्नो पुर्खौली घर कोशी अञ्चल ,जिल्ला संखुवासभा चैनपुर भएको बताइन । उनले सुनसरी जिल्लाको धरानको बिजयपुर् उच्च माध्यमिक बिद्यालयमा अध्ययन गरेकी थिइन् ।

भारतको इण्डिया इन्टिच्युट अफ टेक्नोलोजीकी बिद्यार्थी रहेकी प्रधान अमेरीकामा सामाजिक काम तथा शरणार्थी ब्यवस्थापनमा सक्रिय रहँदै आएकी थिइन् ।

उनि पहिलो नेपाली अमेरिकन हुन् जसले अमेरिकी राष्ट्रपतिको सल्लाहकार तहको उच्च तहमा काम गर्ने अवशर प्राप्त गरेकी छिन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जबर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बैठक कक्षमा नाराबाजी गरेको छ

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । अमेरिकी सिनेटले १९ खर्ब डलरको राहत प्याकेजसम्बन्धी विधेयक पारित गरेको छ । कोरोना महामारीका कारण समस्यामा परेकाहरुका लागि

काठमाडौं । आजदेखि देशभर ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिन शुरु गरिँदै छ । कोरोना विरुद्धको दोस्रो चरणको