बैद्य पक्षको नयाँ पार्टीको नाम नेकपा क्रान्तिकारी माओवादी प्रस्ताव

३ असार २०६९, आईतवार १४:४३ मा प्रकाशित

काठमाडौ, ३ असार । बौद्धमा जारी एकीकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरण समूहको राष्ट्रीय भेलामा नयाँ पार्टीको नाम नेपाल कम्यूनिष्ट पार्टी क्रान्तिकारी माओवादी वा माओवादी क्रान्तिकारी राख्न प्रस्ताव गरिएको छ ।
जारी बैठकमा बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नयाँ पार्टीको नाम नेपाल कम्यूनिष्ट पार्टी क्रान्तिकारी माओवादी वा माओवादी क्रान्तिकारी राख्न प्रस्ताव गरेका हुन ।
त्यसैगरी भोली नयाँ पार्टीको घोषणा गर्ने समेत बैद्य पक्ष नेताहरुले जनाएका छन् । नयाँ पार्टीको महाधिवेशन भने फागुण १ गते गर्ने गरी तय गरिएको छ ।
राजनीतिक प्रतिवेदनमा पार्टीमा सँगै बस्न नसक्ने कारण, संविधासभा विघठन हुनुको कारण, पार्टीको मुल कार्यदिशा विपरित पार्टी गएको सहित मुलुकको पछिल्लो राजनीतिक अवस्थाको विषयमा विष्लेषण गरिएको छ । प्रतिवेदनमा पार्टी नेतृत्व संसोधनबादी भासमा भासिएको, ब्यक्तिगत र सत्ता स्वार्थमा लिप्त भएको उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार