पूर्व न्यायाधीश उप्रेतीको शव शिक्षण अस्पताललाई, कुशको शव बनाएर दाहसंस्कार

११ जेष्ठ २०७२, सोमबार २३:४७ मा प्रकाशित

काठमाडौँ, ११ जेठ । “इच्छामृत्यु” भन्दै आत्महत्या गर्नुभएका सर्वोच्च अदालतका पूर्व न्यायाधीश भरतराज उप्रेतीको शव आज त्रिवि शिक्षण अस्पताललाई हस्तान्तरण गरिएको छ ।

उहाँको शव ‘सुसाइट नोट’मा उल्लेख भएबमोजिम सो अस्पताललाई हस्तान्तरणपछि हिन्दू धार्मिक संस्कारअनुसार कुशको शव बनाएर दाहसंस्कार गरिएको उहाँका भाइ चेतराज उप्रेतीले जानकारी दिनुभयो ।

आफूले इच्छामरण गरेको र यो शव त्रिवि शिक्षण अस्पताललाई दिनु उसले नलिए अन्य कुनै शिक्षण अस्पतालाई दिनु, काजकिरिया खर्चबापत रु पाँच लाख भूकम्पपीडितलाई दिन प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्नु भन्ने कुरा ‘सुसाइट नोट’मा लेखिएको उहाँका नातेदारसमेत रहनुभएका वरिष्ठ अधिवक्ता रामनाथ मैनालीले जानकारी दिनुभयो ।

चार वर्षसम्म सर्वोच्च अदालतको अस्थायी न्यायाधीश भएर पनि स्थायी नगरिएपछि समय सकिनु अगावै राजीनामा दिनुभएका उहाँ त्यसपछि कामविहीन हुनुभएको थियो ।

न्यायाधीश हुनुअघि स्व उप्रेती एसियाली विकास बैंक, विश्व बैंकलगायतका संस्थाको कानुनी सल्लाहकार हुनुहुन्थ्यो । न्यायाधीश भइसकेको व्यक्ति राष्ट्रिय मानव अधिकार आयोगको पदाधिकारीबाहेक कुनै पनि पदमा काम गर्न नपाउने संवैधानिक किसिमले रोकेपछि कामविहीन हुन पुग्नुभयो ।

वरिष्ठ अधिवक्ता मैनालीका अनुसार नेपाल बार एसोसिएसनले चेम्बर प्राक्टिस गर्न (आफ्नै कार्यालयमा गरिने कानुनी कामसमेत) रोकेकाले यसले आफूलाई ठूलो चोट पुर्याएको उहाँले सो नोटमा उल्लेख गर्नुभएको थियो ।

नेपाल बार एसोसिएसनका उपाध्यक्ष टीकाराम भट्टराई उहाँको मृत्युले बार स्तब्ध भएको र ‘सुसाइट नोट’मा उल्लेख भएका विषयमा बारले पछि छलफल र समीक्षा गर्ने बताउनुभयो ।

काठमाडौँको ज्ञानेश्वरमा बस्दै आउनुभएका ६५ वर्षीय स्व उप्रेतीको जन्म सिन्धुपाल्चोकको लिङ्खु गाविसमा भएको थियो । उहाँका श्रीमती, एक छोरा र दुई छोरी छन् । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राउत क्षत्री सेवा समाज नेपालको १३औं बार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले इञ्जिनियर भगवानबहादुर राउतलाई पुनः अध्यक्षमा चयन गरेको

काठमाडौँ । ललितपुरको पाटन दरबार क्षेत्रबाट हराएको लक्ष्मीनारायणको मूर्ति अमेरिका सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । एकतीस वर्षदेखि टेक्सस राज्यको

काठमाडौं । नेकपा ओली समूहको संसदीय दलको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकमा प्रधानमन्त्री तथा ओली

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाको सातौँ अधिवेशन भोलि आइतबारदेखि शुरु हुँदैछ ।