पूर्वप्रधानमन्त्रीलाई भ्रष्टाचारमा जेल सजाय

११ जेष्ठ २०७२, सोमबार २३:४४ मा प्रकाशित

जेरुसेलम, १२ जेठ । इजरायलका पूर्व प्रधानमन्त्री एहुद अल्मर्टलाई भ्रष्टाचारमा दोषी ठहर गरिएको छ । उनलाई इजरायलको एक अदालतले भ्रष्टाचारमा दोषी ठहराएको हो ।

सोमबार एक जिल्ला अदालतले उनलाई आठ महिनाको जेल सजाय तोकेको एक समाचारमा जानकारी दिइएको छ ।

गएको मार्च महिना उनिविरुद्ध सो अदालतमा भ्रष्टाचारमा मुद्दा दायर गरिएको थियो । उक्त मुद्दामाथि भएको सुनुवाईपछि आज सो अजाय सुनाइएको बताइएको छ ।

एहुद अल्मर्टले इजरायलमा सन् २००६ देखि २००९ सम्म प्रधानमन्त्रीका रुपमा काम गर्नुभएको थियो । उनि पदमा रहेको बेला भएको भनिएको एक भ्रष्टाचार मुद्दामा अनुसन्धान सुरु भएको थियो ।

उनले अपिल गर्ने बताइएको छ । यो जिल्ला अदालतको फैसला भएकोले उनले इजरायलको उच्च अदालतमा अपिल गर्ने भएका छन् ।

उनका वकिलले पूर्व प्रधानमन्त्री अल्मर्टले अपिल गर्नुहुने जानकारी दिएका छन् । उनलाई यसअघि पनि उक्त भ्रष्टाचारको मुद्दामा दोषी पाइएको भनी दिइएको फैसलाका विरुद्धमा पनि उनले अपिल गरेका थिए । (रासस)

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

मस्को । संयुक्त राष्ट्रसंघले रुसी बिपक्षी नेता अलेक्सी नाभाल्नीलाई बिष सेवन गराईएको बिषयमा छानविन गर्न माग गरेको छ । संयुक्त

यांगुन । म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ ।

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले