पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

११ जेष्ठ २०७२, सोमबार १०:३३ मा प्रकाशित

काठमाण्डौ जेठ ११ । म्याग्दीको राम्चे–९ काफलडाँडाको पहाड भत्किएर भगवती–२ बैसरीमा खसेको पहिरोका कारण आइतवार रातीदेखि हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।
म्याग्दीको सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने उक्त सडकको बैसरी खण्डमा करिब तीन किलोमिटर क्षेत्रमा पहिरोले क्षति पु¥याएपछि सवारीसाधन सञ्चालन हुन नसकेको म्याग्दी जिप तथा बस व्यवसायी समितिले जनाएको छ ।
पहिरोले सडक पुरेको र कालीगण्डकी नदी थुनिँदा केही ठाउँमा सडक भत्किएकाले चमेरेदेखि बेगखोलासम्म सवारीसाधन सञ्चालन गर्न नसकिने समितिका उपाध्यक्ष मोहन केसीले बताउनुभयो ।
बेगखोलाभन्दा माथि रहेका गाडीलाई बेगखोलादेखि सञ्चालन गरेर यातायात सेवा दिइने उहाँले बताउनुभयो । मोटरसाइकल र साना सवारीसाधन बेग भगवती पिप्ले गलेश्वरको रुटबाट आवतजावत गर्न सक्ने जनाइएको छ ।
यसैबीच, नेपाली सेनाले अवरुद्ध सडक खुलाउन र कालीगण्डकी थुनिएको ठाउँबाट सुरक्षित रुपमा पानी बगाउने तयारी गरेको छ । इन्जिनियरिङ टोलीले सोमबार पहिरो र नदी थुनिएको क्षेत्रको अवस्थाको अध्ययन गरेपछि आवश्यक काम गरिने म्याग्दीस्थित इन्द्रबक्स गणका प्रमुख सेनानी मनोजकुमार सिलवालले बताउनुभयो ।
उहाँका अनुसार बैसरीमा थुनिएको कालीगण्डकी आफँै खुलेर बग्न थाले पनि पहिरो खस्ने क्रम नरोकिएकाले काम गर्न समस्या भएको छ । इन्जिनियरिङ टोलीले अध्ययन गरेपछि स्थानीय प्रशासनसँग समन्वय गरेर सडक खुलाउन तथा नदीको पानीलाई सुरक्षित रुपमा बगाउन जनशक्ति परिचालन गरिने सेनानी सिलवालले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै छन् । पुलको शिलन्यास र चीन नेपाल मैत्रिपूर्ण औधोगिक

राष्ट्रिय दलित पत्रकार सङ्घको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ । देशभर विभिन्न

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०