अवरुद्ध बारपाक–लाप्राक सडक सञ्चालन

११ जेष्ठ २०७२, सोमबार १०:३१ मा प्रकाशित

काठमाण्डौ जेठ ११ । मुसलधारे पानी परेपछि अवरुद्ध भएको बारपाक–लाप्राक सडकखण्ड सञ्चालन भएको छ । आइतबार रातिदेखि अबरुद्ध भएको सडक सोमबार बिहान सञ्चालन गरिएको हो ।
विनाशकारी भूकम्पको केन्द्रबिन्दु बारपाकमा रहेको नेपाली सेनाको टोलीले अवरुद्ध सडक सञ्चालन गरेको हो । करिब २० किलोमिटर दूरीको उक्त सडकखण्डमा साना–ठूला गरी सयभन्दा धेरै पहिरो गएपछि सडक अवरुद्ध थियो ।
सडक अबरुद्ध भएपछि भूकम्पपीडितका लागि सदरमुकामदेखि बारपाक हुँदै लाप्राक लगिएको राहत सामग्री बोकेका ट्र्याक्टर बाटोमा फसेको थियो । फसेका सातवटा ट्र्याक्टर लाप्राकतर्फ गएको छ ।
त्यस्तै, लाप्राकको गोप्सीडाँडा–गुम्दा सडकखण्ड पनि अवरुद्ध भएको थियो । पहिरोले गर्दा अबरुद्ध सडक स्थानीयवासीले खुलाएका छन् । एक साताअघि मात्रै बारपाक–लाप्राक हुँदै गुम्दासम्म सडक सञ्चालन गरिएको थियो ।
एकतर्फी ट्र्याक मात्रै खुलाइएको उक्त सडकखण्डमा दिनहुँजसो बर्सात हुन्छ । भूकम्पले गर्दा डाँडा चिराचिरा परेको र त्यही चिराभित्र पानीको भेल पसेपछि पहिरो जाने गरेको लाप्राकका धनबहादुर गुरुङले बताउनुभयो ।
बारपाकदेखि लाप्राकसम्म पुग्न गाडीलाई दुई घन्टाभन्दा बढी समय लाग्छ । भिरालो र उकालो बाटोमा अर्को गाडीलाई साइड दिन समस्या हुन्छ । सडकखण्डमा ठूला पहिरो झरेकाले आवतजावतमा समस्या हुने गरेको लाप्राकीहरुले गुनासो गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज पुनः झापा जाँदै छन् । आइतबार झापा गएका प्रधानमन्त्री ओली मङ्गलवार पुनः झापा

काठमाडौँ । स्वास्थ्य उपचारका लागि नयाँ दिल्लीमा रहको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज स्वदेश फर्किन लागेका हुन् । न्युरो–इन्डोक्राइनको

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग

काठमाडौं । नेपाल आयल निगमले हिजो सोमबारदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि