भूकम्पपीडित बालबालिकालाई काठमाडौ ल्याउने विरुद्ध अनुसन्धान सुरु

११ जेष्ठ २०७२, सोमबार १०:२७ मा प्रकाशित

काठमाण्डौ जेठ ११ । भूकम्प प्रभावित दोलखाको लिपिलाङ गाविसबाट १९ बालबालिकाालाई अबैध रुपमा काठमाडौ ल्याउने ७ जनाविरुद्ध मानव बेचविखन अभियोगमा अनुसन्धान सुरु भएको छ ।
भारतको देहरादून लैजाने उद्देश्यले सरकारी निकायलाई पत्ते नदिई बालबालिका ल्याउने भारतीय नागरिक लोप्साङ दाबा र फुन्चोक टासी तथा बालबालिका खोज्न सघाउने पूर्ण धामी, किरण धामी र सुष्मा श्रेष्ठविरुद्ध मानव ओसारपसार अभियोगमा काठमाडौ प्रहरीले तथा अन्य दुई जनाविरुद्ध ललितपुर प्रहरीले अनुसन्धानअघि बढाएको छ ।
देहरादूनस्थित ‘पेस्तालोजी चिन्ड्रेन भिलेज’ का प्रतिनिधिले बिनाअनुमति दोलखाबाट ११ बालक र ८ बालिका ल्याएर काठमाडौको एसओएस तथा ललितपुर, लुभुको मेरीवार्ड स्कुलमा राखेको राखेको अवस्थामा प्रहरीले उद्धार गरेको थियो ।
एक जिल्लाका बालबालिकलाई अर्को जिल्लामा लैजान अभिभावकको स्वीकृतिसहित जिल्ला बालकल्याण समिति, जिल्ला प्रशासन कार्यालय, गाउँ विकास समिति वा स्थानीय प्रहरीको पूर्वअनुमति लिनुपर्ने कानूनी प्रावधान छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न