दिपायलको राजपुरमा आगलागी हुँदा करोडौंको क्षति

११ जेष्ठ २०७२, सोमबार १०:२० मा प्रकाशित

काठमाण्डौ जेठ ११ । सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायलको राजपुर बजारमा आइतबार आगलागी भएको छ ।
आगलागीका कारण ६ वटा पसल जलेर नष्ट भएका छन् । इलाका प्रहरी कार्यालय दिपायलका अनुसार आगलागीमा परी स्थानीय कैलाश नेपाली, वीरबहादुर भाट, लालबहादुर कठायत, हिरा कठायत, कर्ण परियार र बिर्खराज जोशीको पसल जलेर नष्ट भएको छ ।
कैलाश नेपालीको कपडा पसलबाट सुरु भएको आगो नेपाली सेना, प्रहरी, स्थानीयवासिन्दा, दिपायल सिलगढी नगरपालिकाको दमकलको प्रयासमा २ घण्टापछि नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन र

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय

काठमाडौं । नेकपा नामको विवादमा फैसला मिति सरेको छ । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषि कट्टेलले निर्वाचन