करोडौं पर्ने हीरासहित तीन नेपाली भारतमा पक्राउ

३ असार २०६९, आईतवार १२:३८ मा प्रकाशित

रायपुर (भारत), अषाढ ३ – छत्तीसगढ राज्यको दुर्ग जिल्लामा भारतीय प्रहरीले दुई करोड भारतीय रुपैयाँ बराबरको हीराका साथ तीन नेपाली युवालाई पक्राउ गरेको छ ।

दुर्ग जिल्लाका एएसपी प्रशान्त ठाकुरका अनुसार ३० वर्षीय पशुपति नाथ, २५ वर्षीय वीरेन्द्रबहादुर र २८ वर्षीय  सुभास खड्का छन् । उनीहरुको साथबाट दुई करोड ३५ हजार भारतीय रुपैयाँको हीरा तथा प्लेटिनम रिङ बरामद भएको ठाकुरलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पक्राउ परेका युवकको साथमा १३.११ क्यारेटको हीरा र ६.९ ग्रामको प्लेटिनम रिङ बरामद भएको हो । हीराको मोल करिव दुई करोड भारु छ भने रिङको ३५ हजार भारु पर्दछ ।

चोरी गरेका हीरासहित छत्तीसगढ आएका ती नेपाली युवाहरु ग्राहकको खोजीमा रहेको बताइएको छ । सुराकीका आधारमा उनीहरु सुपेला थाना क्षेत्रको राधिकानगर नजिकैबाट गिरफ्तारीमा परेका हुन् । पक्राउ परेका युवकहरुले हीरा चोरेर ल्याएको बताएका छन् । प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न