पूर्व न्यायाधीश उप्रेतीद्वारा आत्महत्या

११ जेष्ठ २०७२, सोमबार १०:१७ मा प्रकाशित

काठमाण्डौ जेठ ११ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश भरतराज उप्रेतीले आत्महत्या गर्नुभएको छ । उहाँले काठमाण्डू ज्ञानेश्वरमा रहेको आफ्नै घरमा सोमबार बिहान झुण्डिएर आत्महत्या गरेको पारिवारिक स्रोतले जनाएको छ ।
३ तले घरको दोस्रो तलामा विहान साढे ३ बजेतिर झुण्डिएको अवस्थामा उहाँको शव भेटिएको थियो । ६३ वर्षिय उप्रेतीले सुसाइड नोट लेखेर आत्महत्या गर्नु भएको हो । उहाँले सुसाइड नोटमा आफ्नो शव टिचिङ अस्पतालका विद्यार्थीलाई दिन र किरिया खर्च भनेर ५ लाख रुपैयाँ भूकम्प पीडितलाई दिनु भनेर लेख्नुभएको पारिवारिक स्रोतले बतायो । सुसाइड नोट अहिले प्रहरीले लिएको छ ।
उहाँको शव पोष्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ । उप्रेतीले झण्डै ४ वर्ष सर्वोच्च अदालतमा काम गर्नुभएको थियो । अदालतमा अस्थायी न्यायाधीश भएका उहाँले स्थायी प्रक्रिया सुरु नभएपछि राजीनामा दिनु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

काठमाडौं । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनुहुँनेछ । सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

काठमाडौं । नेपाली काँग्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ । कांग्रेसका सभापति