पहिरोले थुनिएको कालिगण्डकी १६ घन्टापछि खुल्यो, प्रभावित क्षेत्र सुरक्षित

११ जेष्ठ २०७२, सोमबार ००:५२ मा प्रकाशित

काठमाडौ, ११ जेठ । म्याग्दीको राम्चे गाविस ९ बैसरीमा रहेको महभीर फुटेर पहिरो जाँदा कालीगण्डकी नदी हिजो राती १ बजेदेखि थुनिएको बनेको तलाउबाट सोह्र घण्टापछि पानी बग्न थालेको छ । राम्चे ९ काफलडाँडाको पहाडबाट खसेको पहिरोले थुनेको कालीगण्डकीबाट साँझ पाँच बजेदेखि पानी बग्न थालेको हो । पहिरो थुप्रिएर बनेको बाँध भरिएर पानी बग्न थालेको छ । पानीले आफैं बाटो बनाएर तलतर्फ बग्न थालेको प्रहरी नायव उपरीक्षक हिरा गिरीले बताए । पहिरोले कालीगण्डकी नदी थुनिदाँ एक सय मिटर गहिरो तीन किलोमिटर टाढासम्म तलाउ बनेको थियो । तलाउमा करिब तीस लाख घनमिटर पानी जम्मा भएको थियो । तलाउ भरिएर पानी बग्न थालेपछि तलाउमा पानीको सतह बढेको छैन् । करिब पाँच सय मिटर माथिबाट खसेको पहिरोले भगवती गाविस २ र राम्चे ९ मा २६ घर पुरिएको थियो । पहिरोले थुनिएको कालिगण्डकी आसपासको प्रभावित क्षेत्र सुरक्षित रहेको गृहमन्त्री बामदेव गौतमले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपाबाट राष्ट्रियसभा, प्रतिनिधिसभा र स्थानीय तहमा निर्वाचित ४६ जनप्रतिनिधि छन्। जब कि सर्वोच्च अदालतको आइतबारको आदेशले नेकपा एकीकरण

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यही फागुन १७–१९

काठमाडौं । स्वदेशी उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने लक्ष्यका साथ नेपाल उद्योग परिसङ्घले ‘मेक इन नेपाल स्वदेशी

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो