आज पनि हावाहुरी र वर्षाको सम्भावना

१० जेष्ठ २०७२, आईतवार ११:१२ मा प्रकाशित

काठमाण्डौ जेठ १० । आज पनि पकाठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा आशिंक बदली हुने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। महाशाखा अनुसार आज विशेषगरी पूर्व र पश्चिमी क्षेत्रका केही ठाउँमा बेलुकीपख मेघगर्जन, हावाहुरी र चट्याङसहित पानी पर्ने संभावना छ ।
मौसमविद् बरुण पौडेलका अनुसार केहि ठाउँमा असिनापानी पनि पर्नेछ । मनसुन सुरु हुनु अघि दिनभरीको मौसम सफा भएपनि बेलुकीपख बदली हुनु स्वभाविक भएको उहाँले बताउनुभयो । उहाँका अनुसार यो बेलामा दिनभरीको घामले मौसम तात्ने र बेलुकीपख चिसो हुने भएकाले मौसम बदली हुने गर्छ ।
आज डडेलधुरा, सुर्खेत, दाङ, पोखरा, जुम्ला, धादिङ्, गोरखा लगायतका ठाउँमा मौसम बदली हुने मौसमविद् पौडेलले बताउनुभयो । यसैबीच हिजो दिउँसो काठमाण्डूको तापक्रम यो वर्षकै उच्च रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
हिजो उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुगेको थियो । अहिले १३ दशमलव ८ डिग्री सेल्सियस छ । आज दिउँसोको तापक्रम पनि ३१ देखि ३३ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न