
काठमाडौं, जेष्ठ १० । इण्डियन प्रिमियर लिग ‘आइपीएल’ ट्वेन्टी–२० क्रिकेटको उपाधीको लागि आज मुम्बइ ईण्डियन्स र चेन्नाई सुपर किङ्स भिड्नेछन् ।
कोलकाताको ईडन गार्डनमा हुने खेल नेपाली समय अनुसार वेलुकी सवा ८ वजे सुरु हुनेछ ।
प्ले अफको पहिलो छनौट खेलमा चेन्नाई सुपरकिङ्सलाई हराँउदै मुम्बई फाइनलमा उक्लेको थियो ।
उता मुम्बईसँग हारेपछि दोस्रो छनौट खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई पाखा लगाँउदै चेन्नाईले फाईनलमा स्थान बनाएको थियो ।
आइपिएल क्रिकेटको इतिहाँसमा सर्वाधिक सफल टोली चेन्नाईले दुई पटक उपाधि जितिसकेको छ भने मुम्बइ ईण्डियन्सले एक पटक मात्रै उपाधि जितेको छ ।
महेन्द्र सिंह धोनीको कप्तानीम रहेको चेन्नाई यो समेत ६ पटक फाइनलमा पुगिसकेको छ । उता मुम्बईको भने यो तेस्रो पटक फाइनल उपस्थिती हो ।
यी दुई टोलीहरुविच हालसम्मका खेल हेर्दा ११ पटक मुम्बई विजयी भएको छ भने १० पटक चेन्नाई विजयी भएको छ ।
प्रतियोगिताका सबै खेलको तथ्यांक हेर्ने हो भने चेन्नाईले ६० प्रतिशत खेल जितेको छ भने मुम्बईले ५७ प्रतिशत खेल जितेको छ ।
– See more at: http://imagekhabar.com/samachar/detail/48162/31/.meroml#sthash.mVbKtUSN.dpuf
प्रतिक्रिया
सम्बन्धित खवर
स्पेनिस लिग फुटबलमा बार्सिलोनाले ओसासुनालाई २–० ले हराएको छ । गएराति ओसासुनाको मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन योर्डी अल्बा
न्यूजिल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पाँच खेलको ट्वान्टी–ट्वान्टी क्रिकेट सिरिजको चौथो खेलमा शानदार जित हात परेको छ । घरेलु टोलीलाई ५०
लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । गएराति लिभरपुलको मैदानमा भएको खेलमा
सेभिया । उपाधि दावेदार बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सेभिया विरुद्धको सेमिफाइनल खेल समग्रमा