राती १ बजेदेखि कालीगण्डकी थुनियो, १३ सय मिटर डयाम बन्यो

१० जेष्ठ २०७२, आईतवार १०:५६ मा प्रकाशित

काठमाण्डौ, १०  जेठ  ।  म्याग्दीको बैसरीमा राम्चे गाविस ९ मा रहेको महभीर फुटेर पहिरो जाँदा कालीगण्डकी नदी हिजो राती १ बजेदेखि थुनिएको छ । पहिरोले भगतवती गाविस, २ बैसरीमा कालीगण्डकी नदी थुनिएको हो । नदी थुनिदा झन्डै १३ सय मिटर ठूलो ड्याम बनेको म्याग्दीका प्रहरी प्रमुख हिरा गिरीले बताउनु भएको छ। भने सुख्खा पहिरोले गर्दा धुवाँ धुलो उड्दा एकले अर्कालाई समेत देख्न नसकिने र उद्धारमा खटिन समस्या भएको उहाको भनाई छ । अहिलेसम्म कुनै मानवीय क्षति नभएको पनि उहाको भनाई छ । थुनिएको कालिगण्डकीको बाँध फुटेर बाढी आउने खतरा बढेको छ । प्रहरीले माईकिङ गरेर बेनीबजार र आसपासका बासिन्दालाई सतर्क र सचेत रहन आह्वान गरेको छ । कालीगण्डकी थुनिएपछि तटिय क्षेत्रका म्याग्दी सदरमुकाम बेनी लगायत झन्डै आठ जिल्ला उच्च जोखिमा रहेका छन् । नदी थुनिएपछि तटीय क्षेत्रका सात जिल्लाका बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा बस्न भनिएको छ । यस्तै म्याग्दी,पर्वत,बागलुङ, गुल्मी, पाल्पा, स्याङ्जा, नवलपरासी जिल्लाका नदी निकारका बस्तीमा उच सर्तकता अपनाउँदै खाली गरिएको छ । बेनीबजार हुँदै बग्ने कालिगण्डकीमा राहुघाट खोलाको पानी मात्र आएको छ । पहिरोले अहिलेसम्म बैसरी बजारसमेत गरी २६ भन्दा बढी घर पुरेको छ । मानवीय हताहती नभएको बताइएको छ । बेनी तथा नदी किनाराका बासिन्दा सुरक्षित स्थानको खोजीमा डाँडापाखामा पुगेका छन् । सदरमुकाम क्षेत्र बेनी खाली छ भने बेनी–जोमसोम सडक पनि अवरुद्ध भएको छ । यस्तै जिल्ला कारागार म्याग्दीका कैदी बन्दीलाई जिल्ला विकास समितिको हलमा सारिएको छ । बेनीबजारका स्थानीय अहिले अग्लो स्थान खोज्दै अर्थुङ्गे पुगेर बसेको बताइएको छ । यस्तै पहिरोले थुनिएको कालिगण्डकी नदी खुलाउन नेपाली सेनाको हेलिकोप्टर बेनीमा अवतरण गरेको छ । घटनास्थल नजिकै बिहान पौने १० बजे सेनाको हेलिकोप्टर अवतरण गरेको प्रहरीले जनाएको छ । विहान १ बजेदेखि थुनिएको नदी खुलाउन भूगर्भविद् र प्राविधिक सहितको टोली पनि बेनी पुगेको छ ।

यसैबीच प्रधानमन्त्री सुशील कोइरालाले कालीगण्डकी नदीमा थुनिएको पानी आजै खोल्ने प्रयास भइरहेको बताउनु भएको छ।
थुनिएको पानी खोल्नका लागि सुरक्षाकर्मी परिचालन गरिएको भन्दै यस्तो सतर्क रहन आग्रह गर्नु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कोइरालाले सकेसम्म आजै नदी खोलेर जनजीवन सामान्य पार्ने प्रयास गरिने बताउनु भएको हो ।
जोखिम क्षेत्रमा रहेका जनतालाई सुरक्षित स्थानमा लैजाने प्रयास गरिरहेको भन्दै प्रधानमन्त्रीले त्यसक्षेत्रका मानिसहरुलाई धैर्यधारण गर्न आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले