
बेनी, म्याग्दी, १० जेठ । शनिबार अबेर राति गएको पहिरोले भगतवती गाविस- २ बैंसरीमा कालीगण्डकी नदी थुनिएपछि म्याग्दीको सदरमुकाम बेनी र मुस्तांग-बेनी राजमार्ग आस पासको जनजीवन अस्त व्यस्त बनेको छ । म्याग्दीको सदरमुकाम बेनीबाट पत्रकार ज्ञानेन्द्र केसीले दिएको जानकारी अनुसार पहिरोले करिव २५ घर पुरेको छ भने मानवीय क्षतिको विवरण प्राप्त भएको छैन ।
पत्रकार ज्ञानेन्द्र केसीले दिएको जानकारी अनुसार म्याग्दीको सदरमुकाम बेनीदेखी ९ किलोमिटर उत्तर बेनी-जोमसोम सडकको गलेश्वर-बेगखोला खण्डमा पर्ने बैंशरी भन्दा करिब दुई किलोमिटर माथी राम्चे गाविस, ९ महभीरको फुटेर पहिरो झरेपछि कालीगण्डकी नदी थुनिएको थियो । प्रासाशनले शुक्रवार विहान देखी पहिरो जान थाले पछि बैंशरी क्षेत्रका अशुरक्षित रहेको २६ परिवारलाई सुरक्षित स्थलमा पुर्याइएको थियो ।
पत्रकार केसीका अनुसार स्थानिय प्रसाशनले राती १ बजेदेखि नदी थुनिएकोले तटिय क्षेत्रमा सुरक्षित स्थान तर्फ जान र सतर्क रहन अनुरोध गरेको छ । राति पहिरो गएको कारण यति यो समाचार तयार गर्दा सम्म क्षतिको विवरण प्राप्त हुन सकेको छैन ।
(बेनीबाट पत्रकार ज्ञानेन्द्र केसीको सहयोगमा तस्बिर सौजन्य: मोहन केसी)
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो
ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्
काठमाडौं । निर्वाचन आयोगमा सरिता तिवारीको अध्यक्षतामा दर्ता भएको नेकपा एमालेले बैठक बोलाएको छ । सर्वोच्च अदालतले नेकपालाई पार्टी एकीकरणको
आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका