आज फेरी अर्को धक्का, सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको पराकम्प

१० जेष्ठ २०७२, आईतवार ००:१९ मा प्रकाशित

काठमाडौँ, ९ जेठ । आज दिउसो १ बजेपछि र राती १० बजेर २६ मिनेट जादा भूकम्पको अर्को पराकम्प गएको छ । सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको पराकम्प केही बेर अघि मात्र गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि शनिबार दिउँसो १ वजेर १४ मिनेट जाँदा दोलखालाई केन्द्रविन्दु वनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्पको पराकम्प गएको थियो । यससंगै अहिलेसम्म ४ रेक्टर स्केलमाथीका मात्र २ सय ६० वटा पराकम्प गएका छन् ।

वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पपछि सानासाना पराकम्प जान अझै रोकिएका छैन् ।

केन्द्रका अनुसार शुक्रबार पाँच वटा भूकम्पका पराकम्प गएका थिए । जसमध्येको पछिल्लो पराकम्प मध्यपश्चिमको हिमाली जिल्ला हुम्लालाई केन्द्रविन्दु बनाएर ४.८ रेक्टर स्केलको गएको थियो ।

ठूलो भूकम्पपछि पराकम्पहरु जानु सामान्य भएपनि यसबाट सतर्क रहन भने विज्ञले आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह